logo/prilogo-1_suadpzs.jpeg
logo/prilogo-1_suadpzs.jpeg

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व द्वितीया - २

नेपालको चुनौतीपूर्ण भौगोलिक क्षेत्रका लागि उन्नत हवाई गतिशीलताको उपयुक्तता अन्वेषणसम्बन्धी ज्ञान आदानप्रदान कार्यक्रम सम्पन्न

नेपालको चुनौतीपूर्ण भौगोलिक क्षेत्रका लागि उन्नत हवाई गतिशीलताको उपयुक्तता अन्वेषणसम्बन्धी ज्ञान आदानप्रदान कार्यक्रम सम्पन्न

नेपालको चुनौतीपूर्ण भौगोलिक क्षेत्रका लागि उन्नत हवाई गतिशीलताको उपयुक्तता अन्वेषणसम्बन्धी ज्ञान आदानप्रदान कार्यक्रम सम्पन्न

साउन १४, २०८२
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी, काठमाडौं

नीति अनुसन्धान प्रतिष्ठानले कोइका एलुम्नाई एसोसिएसन अफ नेपालसँगको सहकार्यमा कोइका स्नातकोत्तर छात्रवृत्ति कार्यक्रमबाट प्राप्त अध्ययन अनुभव साझा  गर्ने उद्देश्यले एक ज्ञान आदानप्रदान कार्यक्रम आयोजना गर्‍यो ।

उक्त कार्यक्रममा कोइका छात्रवृत्ति प्राप्त गरी दक्षिण कोरियास्थित के.डी.आई स्कुल अफ पब्लिक पोलिसी एंड म्यानेजमेन्टमा स्नातकोत्तर गर्नुभएका श्री लीलाधर जोशीले अध्ययनका उपलब्धिहरू प्रस्तुत गर्नुभएको थियो । जोशी हाल नेपाल सरकारको सार्वजनिक खरीद अनुगमन कार्यालयमा नायव सुब्बा पदमा कार्यरत हुनुहुन्छ । उहाँको प्रस्तुति “नेपालको चुनौतीपूर्ण भौगोलिक क्षेत्रको यातायात समाधानका रूपमा उन्नत हवाई गतिशीलता (AAM) को उपयुक्तता अन्वेषण” विषयक अध्ययनमा आधारित थियो ।

उक्त कार्यक्रमको संचालन प्रतिष्ठानका सूचना तथा ज्ञान व्यवस्थापन विभागका प्रमुख एवम् वरिष्ठ अनुसन्धानकर्ता डा. मोहन कुमार शर्माले गर्नुभएको थियो  ।

कायक्रमका सहभागीहरूलाई नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष, प्रा. डा. लेखनाथ शर्माले स्वागत गर्नुभएको थियो भने कोइकाको प्रतिनिधित्व गर्दै रोशी मूलले नेपालप्रति कोइकाको सहयोग मुख्यतया तीन क्षेत्र: परियोजनामा आधारित सहायता, कोरियन स्वयंसेवक/अध्येताहरूको परिचालन र क्षमताविकास कार्यक्रममा आधारित रहेको उल्लेख गर्नुभएको थियो । श्री मूलका अनुसारक्षमता विकास कार्यक्रम अन्तर्गत सरकारका कर्मचारीहरूलाई लक्षित छोटो तथा दीर्घकालीन तालिमहरू प्रदान गरिन्छ ।

नेपालको जटिल भौगोलिक बनावट र पूर्वाधारको अभावलाई सम्बोधन गर्दै जोशीले सवारी दुर्घटना, सहरी जाम, वायु प्रदूषण तथा पहुँचको असमानता जस्ता प्रमुख समस्याहरूलाई उजागर गर्नुभयो । उहाँले यस्ता समस्याहरूको समाधानको सम्भावित विकल्पका रूपमा उन्नत हवाई गतिशीलता (AAM) प्रविधिको सम्भावनाबारे चर्चा गर्नुभयो । प्रस्तुतिमा सामाजिक-आर्थिक असमानता हटाउन AAM को भूमिका, कार्यान्वयनका चुनौतीहरू, पाइलट परियोजना सिफारिसहरू, संस्थागत र नीतिगत रोडम्यापहरू, वातावरणीय तथा विकाससम्बन्धी प्रभावहरूका साथै भविष्यका अनुसन्धान र नवप्रवर्तनका क्षेत्रहरू समेटिएको थियो ।

जोशीले नेपालका लागि AAM उपयुक्त हुनुका चार प्रमुख आधारहरू उल्लेख गर्नुभयो:

  • eVTOL विमानहरू भू-भाग माथिबाट उड्न सक्छन् जसले गर्दा सडक वा रनवेको आवश्यकता पर्दैन,
  • ठूला संरचनाको आवश्यकता नरहेकाले साना तथा विकट स्थानमा सजिलै अवतरण गर्न सक्छ,
  • विद्युतीय उर्जा प्रयोग गर्ने भएकाले जीवाश्म इन्धनमा निर्भरता घटाउँछ,
  • मानवीय सहायता, आर्थिक विकास र वातावरणीय संरक्षणका उद्देश्यलाई सघाउँछ ।

प्रस्तुतिपछिको प्रश्न-उत्तर सत्रमा नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ताहरूद्वारा AAM प्रविधिको आर्थिक सम्भाव्यता र नीतिगत पक्षबारे जिज्ञासाहरू राख्नु भएको थियो ।

प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले कोइका एलुम्नाई एसोसिएसन अफ नेपालले नीति अनुसन्धान प्रतिष्ठानसँग अनुसन्धान निष्कर्षहरू प्रस्तुत गर्नु सकारात्मक प्रयास भएको धाराणा राख्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।

कोइकाको प्रतिनिधि अतिथिहरू:

रोशी मूल (महाप्रबन्धक)

सृजना श्रेष्ठ (प्रबन्धक)
सोवोन हान (इन्टर्न, दक्षिण कोरिया)
लीलाधर जोशी (अध्ययनकर्ता, कोइका स्नातकोत्तर छात्रवृत्तिप्राप्त)
 

नीति अनुसन्धान प्रतिष्ठानका सहभागीहरू:
प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रमुख)
डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
अशोक पाण्डे (अनुसन्धानकर्ता)
डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
डा. हरि प्रकाश चन्द (अनुसन्धानकर्ता)
डा. सुभाष अधिकारी (अनुसन्धानकर्ता)
डा. महेश्वर गिरी (सह अनुसन्धानकर्ता)
गोपाल आचार्य (सह अनुसन्धानकर्ता)
सोनिया बस्याल (विश्लेषक)
प्रञ्जल रिजाल (विश्लेषक)
बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन समन्वयक)
पर्वत भट्टराई (वरिष्ठ सहायक)
गीता न्यौपाने (वरिष्ठ सहायक)
आयुष्का के.सी. (इन्टर्न)
धिरज भट्ट (इन्टर्न)
विजय कोइराला (इन्टर्न)
बलिहाङ लिम्बु (इन्टर्न)
सतिस सापकोटा (इन्टर्न)
यस कार्यक्रमको फोटोहरूका  लागि यहाँ क्लिक गर्नु होला l