काठमाडौ विश्वविद्यालयका विद्यार्थी र सरोकारवालाबिच कार्वन उत्सर्जनबारे बहस

January 3, 2022

Jan 3rd, 2022

आधारभूमि संवाददाता

काठमाडौ १९ पुस

काठमाडौ विश्वविद्यालय स्कूल अफ एजुकेश, एम फिल, दोस्रो सेमिष्टरका विध्यार्थीहरुले आइतवार अहिलेको विश्वमा जलवायु परिवर्तनको वहस भईरहदा विद्यार्थीहरुले स्कूललाई कसरी कार्वन उत्सर्जन शून्य वनाउने भन्ने विषयमा वहस गरेका छन् ।

उक्त वहसमा विश्व विद्यालय स्कूल अफ एजुकेशनका डिन प्रा.डा.वालचन्द्र लुइटेल, प्रा.डा महेशनाथ पराजुली, डा. हरी लम्साल, सचिव, वागमती प्रदेश, डा.राधा वाग्ले, पासाङ्ग डोल्मा सेर्पा,डा.शोभा पौड्याल र सन्तोष दाहाल तथा विभिन्न संघ संस्थाका प्रतिनिधिले भाग लिएका थिए ।

बहसमा स्कुल अफ एजुकेशनका डिन प्रा.डा बालचन्द्र लुइटेलले एक विध्यार्थी एक विरुवा र सामूदायिक विद्यालयहरुमा कृषि वगैचा लगायत अन्य वातावरणिय जोखिम न्युनिकरणमा नीति नियम र यसको महत्वको वारेमा चर्चा गरेका थिए ।

साथै सरोकारवालाहरुले विध्यमान नीति र हाल उनिहरुले विद्यालयमा देखेका समस्याहरु साथै यसलाई न्यूनिकरण गर्न विद्यालयहरुले खेलेका भूभिकाहरुलाई प्रष्ट्याएका थिए । डा. हरी लम्सालले विश्वमा अस्वाभाविक आएको जलवायु परिवर्तनले देखिएको समस्या र कार्वनको अत्याधिक उत्सर्जनले आएका स्वास्थ्य र पृथ्वीलाई रोगी वनाएको विषमा आफनो धारणा राखेका थिए।

यसैगगरी नीति अनुसन्धान प्रतिष्ठानका अनुशन्धान अधिकृत डा.शोभा पौड्यालले विभिन्न देशमा गरिएका प्रयोग गरिएका नीति नियम र सफलताका कारणले कार्यक्रम सफल भएको र नेपालमा पनि यो सम्भावना रहेको कुरा व्यक्त गरिन् ।

पेरिस सम्झौतामा नेपालले पनि हस्तान्तरण गरेकोले आगामी दिनमा यो विषय नीति नियमा संलग्न गर्नुपर्नेमा उनले जोड दिइन् । त्यस्तै डा. राधा वाग्लेले पाठ्यक्रम नै प्रथम सुरुवात विन्दु हुने भएकोले यस विषयमा पाठ्यक्रमा नै विध्यार्थीहरुलाई जागरुक वनाउनुपर्ने वताइन् ।

साथै विश्वविद्यालयका पुर्व डिन प्रा.डा महेशनाथ पराजुलीले भने-‘ यो समस्या पृथ्वीको हो, के हामी अवको ५० वर्ष पछि मानव को रुपमा रहने, कि एक मिसीन औजारको रुपमा ? तसर्थ पृथ्वी वचे भने हामी र हाम्रो अस्तीत्व रहन्छ नभए विषय उठान हुदैमा यसले पुर्णता प्राप्त गदैन ।’

बहसमा विध्यालयमा हुने कार्वन अत्सर्गमा सवारी साधन, क्यान्टीन लगायत प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा देखिने समस्याबारे चार्चा भएको थियो । साथै हाल विश्वव्यापी रहेको कोभिड महामारीलाई मध्यनजरमा राखि गरिएको उक्त बहसमा विद्यार्थीहरुले संकलन गरेका तथ्याङ्कहरुको पनि चर्चा गरिएको थियो ।