केन्द्र १: आर्थिक तथा पूर्वाधार विकास नीति अध्ययन केन्द्र
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धानको व्यवसायीकरणमा गरेका प्रयासहरूको प्रभावकारिता तथा समस्याहरू
पूर्वाधार क्षेत्रमा सार्वजनिक खर्चको प्रभाव, खरिद तथा वित्तीय व्यवस्था र प्रक्रियाको तुलनात्मक अध्ययन
स्थानीय तहमा सुरुआती उद्यम सञ्चालनको सम्भाव्यता तथा अवसरसम्बन्धी अध्ययन
डा. प्रकाश कुमार श्रेष्ठ
डा. श्रेष्ठ नेपाल राष्ट्र बैंक अन्तर्गतको आर्थिक अनुसन्धान विभागमा कार्यकारी निर्देशक हुनुहुन्छ । सन् १९९७ देखि उहाँले राष्ट्र बैंकको विभिन्न पदमा रही कार्य गर्दै आउनुभएको छ । उहाँले लुम्बिनी प्रदेश सरकारको अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार तथा सोही प्रदेशको प्रदेश योजना आयोगको अध्यक्ष भई कार्य गर्नुभएको छ । सन् १९९६ मा अर्थशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको उपाधि प्राप्त श्रेष्ठले अष्ट्रेलियाको कर्टिन विश्वविद्यालयबाट सन् २००४ मा अर्थशास्त्र र वित्त विषयमा स्नातकोत्तर तह तथा सन् २०१२ मा द न्यु स्कुल विश्वविद्यालय, अमेरिकाबाट विद्यावारिधि उपाधी प्राप्त गर्नुभएको छ ।
Foreign Direct Investment in Nepal (Perspectives of Primary Agricultural Stakeholders)
नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम तर्जुमाको विषयवस्तु र कार्यान्वयनको समीक्षात्मक अध्ययन
नेपालको व्यापार घाटालाई सम्बोधन गर्न निर्यात प्रवर्धन र विविधीकरण
प्रा. गोविन्दराज पोख्रेल, पीएचडी
बिन्दुनाथ लोहनी, पीएचडी
डा. बिन्दुनाथ लोहनीले ईन्जिनीयरिंगमा विद्यावारिधि गर्नुभएको छ भने उहाँ संयुक्त राज्य अमेरिकाको National Academy of Engineering को निर्वाचित सदस्य – foreign Associate हुनुहुन्छ । डा.लोहनीले Asian Development Bank को ज्ञान व्यवस्थापन र दिगो विकासका लागि उपाध्यक्ष र त्यसअघि वित्त र प्रशासन सम्बन्धि उपाध्यक्ष भई कार्य गर्नुभएको छ । हाल उहाँ संयुक्त राज्य अमेरिकाको Emerging Market Forum मा Distinguished Fellow र थाइल्याण्डको Asian Institute of Technology मा Distinguished Adjunct Faculty को रूपमा कार्यरत हुनुहुन्छ । डा. लोहनीसँग विकास वित्त, पूर्वाधार लगानी, दिगो विकास सम्बन्धी लामो अनुभव र विशिष्ट विज्ञता छ । उहाँले जापान, दक्षिण कोरिया, फिलिपिन्स, नेपाल, सिंगापुर र संयुक्त राज्य अमेरिका लगायतका देशहरूका उहाँको विज्ञतासँग सम्बन्धित विधाका विभिन्न समितिका सदस्य र सल्लाहकारको रूपमा कार्य गर्नुभएको छ ।