बहुविषयलाई समेट्ने यस नीतिअध्ययन केन्द्रका क्रियाकलापहरू यस केन्द्रअन्तर्गतका एकाइहरूले समेट्ने व्यापक विषयका नीति अनुसन्धान र संवादमा केन्द्रित रहन्छन् । आमनागरिकहरू सार्वजनिक नीतिप्रक्रियाको केन्द्रमा रहनु पर्द्छ भन्ने मान्यतामा आधारित भई यस केन्द्रले कार्य गर्दछ । यस केन्द्रअन्तर्गत तीन एकाइहरू रहेका छन् :

३.१ कानुनी मामिला एकाइ

यस एकाइले संवैधानिक प्रावधान, राष्ट्रिय ऐनहरू, मानव अधिकारलगायतका विषयसँग सम्बन्धित नीतिप्रक्रिया एवम् मार्गनिर्देशसम्बन्धी अनुसन्धान गर्दछ । सङ्घीय र सो भन्दा तल्लो तहका सरकारहरूकाबिच कानुनी र संवैधानिक अधिकारसँग सम्बन्धित सहयोग र समन्वय तथा उनीहरूबिच देखिने विवाद समाधानसम्बन्धी विविध विषयहरूमा अनुसन्धान र सार्वजनिक संवादजस्ता विषयसमेत यस समूहको कार्यादेशभित्र पर्दछन् ।

३.२ शिक्षा नीति एकाइ

शिक्षा, शैक्षिक प्रणाली तथा नीति र तिनीहरूको अभ्यास, शिक्षाको राजनीतिक र सामाजिक आधार, शिक्षाको गुणस्तर, शिक्षामा सबैको पहुँच, समतामूलक र जीवनोपयोगी शिक्षा, शैक्षिक नवप्रवर्तन, शिक्षा र रोजगारी लगायतका शिक्षाका समग्र आयाम र विषयमा केन्द्रित भई यस नीति एकाइले नीति अध्ययन गर्ने गर्दछ ।

३.३ स्वास्थ्य नीति एकाइ

देशको समग्र स्वास्थ्यप्रणाली, सेवा, अभ्यास, समस्या, प्राथमिकता र यस क्षेत्रका अन्तर्राष्ट्रिय ज्ञानसमेतलाई मध्यनजर गरी अनुसन्धान, विश्लेषण र बहसमार्फत नीतिनिर्माणमा सहयोग पुर्‍याउनु यस एकाइको उद्देश्य रहेको छ ।

३.४ समाज कल्याण तथा सामाजिक सुरक्षा एकाइ

सामाजिक सुरक्षा र न्याय, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलगायत अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा, गरिबी र बालबालिका, युवा, ज्येष्ठ नागरिक एवम् अल्पसङ्ख्यकहरूको आवश्यकता र सामाजिक संरक्षणलगायतका विषयहरूको यस एकाइले नीति अध्ययन गर्दछ ।

वरिष्ठ विधागत विज्ञ समूह (अवैतनिक वरिष्ठ सल्लाहकारहरु)

नेत्रप्रसाद तिम्सिना, पीएचडी
प्रा. मनप्रसाद वाग्ले, पीएचडी
विन्दा पाण्डे, पीएचडी
प्रा. विपिन अधिकारी, पीएचडी
पुष्पा भुषाल
प्रा. शरद वन्त, पीएचडी

अनुसन्धान समूह

डा. हरि शर्मा न्यौपाने

वरिष्ठ अनुसन्धानकर्ता तथा अनुसन्धान विभाग प्रमुख

डा. गिरी राज शर्मा

अनुसन्धानकर्ता

अनुसन्धान (चालू आ. व.)

क्र.सं. अनुसन्धान परियोजनाको शिर्षक सहकार्य गर्ने संस्था (यदि भएमा) प्रमुख अनुसन्धाता सह-अनुसन्धाता परियोजना पूरा भएको वर्ष परियोजनाको स्थिति प्रकाशनको प्रकार
1 विकास समिति ऐन, २०१३ अनुसार जारी गठन आदेशहरूमा प्रत्यायोजित व्यवस्थापनको अवस्था अध्ययन चालू रहेको अनुसन्धान प्रतिवेदन
2 नेपालमा गाँजाखेतीको वैधानिकीकरणः सम्भावना र चुनौती चालू रहेको अनुसन्धान प्रतिवेदन
3 सार्वजनिक नीति समीक्षाका आयाम र विषयवस्तु २०७९ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
4 नेपालमा बौद्धिक सम्पतिको संरक्षणः वर्तमान अवस्था, समस्या र चुनौतीहरू चालू रहेको अनुसन्धान प्रतिवेदन
5 अनुसन्धान आचार संहिता तथा आचार संहिता उल्लङ्घन विरुद्धका कानुनी प्रावधानसम्बन्धी अध्ययन चालू रहेको अनुसन्धान प्रतिवेदन
6 Dynamics of the Operation of International Non- Governmental Organizations (INGOs) in Nepal चालू रहेको अनुसन्धान प्रतिवेदन
7 २०४६ सालको परिवर्तनपछि श्रमिक तथा मजदुर वर्गको उत्थानका लागि राज्यले गरेका प्रयासहरूको समीक्षात्मक अध्ययन चालू रहेको अनुसन्धान प्रतिवेदन
8 लोककल्याणकारी तथा सामाजिक सुरक्षा नीति सुधार तथा प्रभावकारी कार्यान्वयनका लागि महिला, बालबालिका र ज्येष्ठ नागरि कको वर्तमान समस्या पहिचानसम्बन्धी अध्ययन चालू रहेको अनुसन्धान प्रतिवेदन
9 प्रादेशिक विश्वविद्यालयको न्यूनतम पूर्वाधार विकासका लागि वित्तीय व्यवस्थापन तथा लगानीसम्बन्धी अध्ययन चालू रहेको अनुसन्धान प्रतिवेदन
10 विभिन्न मुलुकमा कोभिड–१९ महामारीको अवस्था, व्यवस्थापनको अनुभव र सिकाइहरू डा. हरि शर्मा न्यौपाने, डा. विष्णु राज उप्रेती, दिपेन्द्र प्रसाद पन्त २०७९ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
11 सार्वजनिक नीति निर्माणको विषयवस्तु, विधि र प्रक्रिया डा. विष्णु राज उप्रेती, डा. झम कुमार विश्वकर्मा २०७९ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
12 सार्वजनिक नीति तर्जुमा दिग्दर्शन २०७८ 2021 डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
13 नेपालमा वयस्क मृत्युदरको अवस्था र यसलाई घटाउने सम्भावित उपायहरू डा. मन्दिरा लामिछाने धिमाल २०७८ डाउनलोड गर्नुहोस् नीति संक्षेप

अनुसन्धान (अघिल्लो आ. व.)

क्र.सं. अनुसन्धान परियोजनाको शिर्षक सहकार्य गर्ने संस्था (यदि भएमा) प्रमुख अनुसन्धाता सह-अनुसन्धाता परियोजना पूरा भएको वर्ष परियोजनाको स्थिति प्रकाशनको प्रकार
नेपालमा सामाजिक स्वास्थ्य बीमा परित्यागसँग सम्बन्धित कारणहरू डा. झम कुमार विश्वकर्मा २०७८ डाउनलोड गर्नुहोस् नीति संक्षेप
Psychosocial Impact of COVID-19 and Related Policy Provisions in Nepal मानवशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय २०७९ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
Strengthening social harmony in Nepal चालू रहेको अनुसन्धान प्रतिवेदन
सार्वजनिक नीति तर्जुमा दिग्दर्शन २०७८ २०७८ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
नीति संक्षेप: नेपालमा सामाजिक स्वास्थ्य बिमा परित्यागसँग सम्बन्धित कारणहरू डा. झम कुमार विश्वकर्मा २०७८ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
Social protection, challenges and pre-requisites: A study of Prime Minister’s employment programme in Nepal डा. सुजीत कर्ण २०७६ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
Conflict of interest in legislative affairs in Nepal किरण चापागाईं २०७६ चालू रहेको अनुसन्धान प्रतिवेदन
Inventory of major policy research institutions of Nepal and conceptualization of potential networking framework डा. राज कुमार भट्टराई २०७६ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
Sharpening positive discrimination: Inserting class within gender, ethnicity, caste and religion डा. सुजीत कर्ण २०७६ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
१० Reducing burden of adult death and disability डा. छवि रानाभाट २०७६ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन