नेपाल सरकारका लागि आवश्यक सुसूचित, सुविचारित र सान्दर्भिक नीतिका विकल्प र सुझावहरू जुटाउने उद्देश्यले सङ्घीय मामिला, सुशासन र सार्वजनिक सेवाप्रवाह क्षेत्रका मौजुदा सार्वजनिक नीति, कार्यक्रम तथा रणनीतिहरूको अनुसन्धान, समीक्षा र विश्लेषण गर्ने यस केन्द्रको समग्र उद्देश्य रहेको छ । यस केन्द्रलाई निम्नानुसारका तीन एकाइमा विभाजन गरिएको छ :

२.१ शासकीय प्रबन्ध एकाइ

यस एकाइले राज्य सञ्चालनका मामिलामा नागरिकको बृहत् सहभागिता र विधिको शासन, उत्तरदायित्व, पारदर्शिता तथा जवाफदेहिताको प्रत्याभूतिका लागि निर्माण हुने संरचना र प्रक्रियालाई समेटी सार्वजनिक नीति अनुसन्धान कार्य गर्दछ । यस एकाइले उत्तरदायी, समावेशी, सहभागितामूलक र पारदर्शी किसिमले व्यवस्थापन हुने सार्वजनिक मामिला एवम् शासकीय सिद्धान्त, मूल्य र मान्यताको समेत प्रतिनिधित्व गर्दछ । यस एकाइका क्रियाकलापहरू नेपालमा प्रभावकारी लोकतान्त्रिक शासनव्यवस्था सुधारको लागि आवश्यक नीतिनिर्माणमा सुसूचित गर्ने प्रमाणहरू जुटाउने कार्यमा केन्द्रित रहन्छन् ।

२.२ सङ्घीय मामिला एकाइ

यस एकाइका अध्ययनहरू नेपालको संविधानको प्रावधानअनुरुपका सङ्घीय प्रशासनसँग सम्बन्धित नीतिहरूमा केन्द्रित रहन्छन् । नागरिको हितका लागि विभिन्न तहका सरकारका अधिकार बाँडफाँट, तिनीहरूको प्रभावकारी अभ्यास र परिणामसँग सम्बन्धित भई गरिने यस उपसमूहका क्रियाकलापहरूले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारहरूबिच सहयोग र सम्बन्ध स्थापित गरी सङ्घीय प्रशासनको सुदृढ़ीकरणका लागि प्रामाणमा आधारित अनुसन्धान सामग्रीहरू सिर्जना गर्दछन् ।

२.३ सार्वजनिक सेवाप्रवाह एकाइ

सरकारले नागरिकहरूलाई सिधा आफ्नै संयन्त्रमार्फत वा सार्वजनिक निकाय वा वित्तीय प्रणालीहरूमार्फत सार्वजनिक सेवाहरू प्रदान गर्दछ । यस्ता सेवाहरूमा स्वास्थ्य सुरक्षा, शिक्षा, पूर्वाधार, सामाजिक सेवाहरू आदि पर्दछन् । यस एकाइका क्रियाकलापहरू सम्बन्धित विषयको अध्ययन, समीक्षा र विश्लेषणमार्फत थप प्रभावकारी सार्वजनिक सेवा प्रवाहका लागि प्रमाण जुटाउने तर्फ केन्द्रित हुनेछन् ।लागि प्रमाण जुटाउने तर्फ केन्द्रित हुनेछन् ।

२.४ सार्वजनिक संस्था एकाइ

सरकारको लगानी, स्वामित्व, उत्तरदायित्व र आमजनताको अपनत्व तथा सरोकार रहने केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहअन्तर्गत रहने सार्वजनिक संस्थाहरूजस्तै संसद, न्यायपालिका, निजामती सेवा, सरकारको लगानी रहेका विश्वविद्यालयहरू, सार्वजनिक अस्पतालहरूलगायतका संस्थाहरूको स्थापना, सञ्चालन, सुशासन, संरक्षण, सेवाको गुणस्तर र सेवाप्रवाह आदि बारेमा यस एकाइअन्तर्गत नीतिअध्ययन अनुसन्धान हुन्छ ।

वरिष्ठ विधागत विज्ञ समूह (अवैतनिक वरिष्ठ सल्लाहकारहरु)

श्री कृष्ण ज्ञवाली
श्री लीलामणि पौड्याल
माननीय विमला राई पौड्याल, पीएचडी
प्रा. श्रीकृष्ण श्रेष्ठ, पीएचडी
श्री गङ्गादत्त अवस्थी
मानबहादुर विश्वकर्मा, पीएचडी

अनुसन्धान समूह

डा. मुक्ति राम रिजाल

वरिष्ठ अनुसन्धानकर्ता

अशोक पाण्डे

सहअनुसन्धानकर्ता

अनुसन्धान (चालू आ. व.)

क्र.सं. अनुसन्धान परियोजनाको शिर्षक सहकार्य गर्ने संस्था (यदि भएमा) प्रमुख अनुसन्धाता सह-अनुसन्धाता परियोजना पूरा भएको वर्ष परियोजनाको स्थिति प्रकाशनको प्रकार
1 निर्वाचन प्रणाली सुधार अध्ययन चालू रहेको अनुसन्धान प्रतिवेदन
2 सामुदायिक विवाद समाधानको लागि स्थानीय न्यायीक समितिको भूमिका चालू रहेको अनुसन्धान प्रतिवेदन
3 Building a Socialism-Oriented State from Ground-Up: A Perspective Paper on the Local Government in Nepal चालू रहेको अनुसन्धान प्रतिवेदन
4 विद्यालय शिक्षाको गुणस्तर अभिवृद्विका लागि शिक्षकको पेशागत विकास चालू रहेको अनुसन्धान प्रतिवेदन
5 नेपालमा लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलको संस्थागत विकाससम्बन्धी अध्ययन चालू रहेको अनुसन्धान प्रतिवेदन
6 Reflecting on Public Policy Landscape in Nepal डा. मुक्ति राम रिजाल, डा. विष्णु राज उप्रेती 2078 डाउनलोड गर्नुहोस् सोचपत्र
7 Policymaking on Governance and Service Delivery in Nepal लीलामणि पौडेल २०७८ डाउनलोड गर्नुहोस् सोचपत्र

अनुसन्धान (अघिल्लो आ. व.)

क्र.सं. अनुसन्धान परियोजनाको शिर्षक सहकार्य गर्ने संस्था (यदि भएमा) प्रमुख अनुसन्धाता सह-अनुसन्धाता परियोजना पूरा भएको वर्ष परियोजनाको स्थिति प्रकाशनको प्रकार
Study on electoral system reform नेपाल ल क्याम्पस, त्रिभुवन विश्वविद्यालय चालू रहेको अनुसन्धान प्रतिवेदन
जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट प्रवाह हुने सेवाहरूको सेवाग्राही सन्तुष्टि मापन तथा नीति अध्ययन नेपाल ल क्याम्पस, त्रिभुवन विश्वविद्यालय चालू रहेको अनुसन्धान प्रतिवेदन
जिल्ला प्रहरी कार्यालयबाट प्रवाह हुने सेवाहरूको सेवाग्राही सन्तुष्टी मापन तथा नीति अध्ययन नेपाल ल क्याम्पस, त्रिभुवन विश्वविद्यालय २०७९ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
नेपालमा विद्युतीय मतदान प्रणालीको प्रयोग‌‍‌ मधु प्रसाद रेग्मी ( प्रमुख अन्वेषक), देशबन्धु अधिकारी ( सह-अन्वेषक) २०७७ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन