आर्थिक तथा पूर्वाधार नीति अध्ययन केन्द्रले नेपाल सरकारका सम्बन्धित क्षेत्रका नीतिहरू, साझा सरोकार र हितका विषयहरूमा सरकारलाई सहयोग गर्दछ । सम्बन्धित विषयहरूमा प्रश्न गर्ने, प्रमाण सङ्कलन गर्ने, विश्लेषण गर्ने र अध्ययनमार्फत प्राप्त हुने निष्कर्षहरू व्यापक रूपमा प्रसार पनि गर्ने गर्दछ । यस केन्द्रअन्तर्गत निम्नानुसारका तीन एकाइहरू रहेका छन् :

१.१ आर्थिक विकास एकाइ

आर्थिक वृद्धि, राजस्व तथा कर, सार्वजनिक खर्च, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार, लागानी वातावरण र वित्तीय संस्था, औद्यौगिक विकास र अन्य आर्थिक विषयमा अनुसन्धान गरी नेपाल सरकारको सार्वजनिक नीति प्रक्रियामा सहयोग गर्ने यस उद्देश्य रहेको छ । यस एकाइअन्तर्गतका अनुसन्धानहरूले नेपालका सार्वजनिक नीति निर्मातालाई सूसुचित गर्नुका साथै विश्वको अर्थतन्त्रसँग नेपालको अन्तक्र्रियामा सुधार गर्न सहयोग गर्दछन् । समयक्रममा देखापर्ने नवीनतम एवम् जटिल आर्थिक चुनौतीहरूमा समेत प्रमाणमा आधारित भई प्राप्त हुने अध्ययनमार्फत आर्थिक विकल्पहरू उपलब्ध गराई सरकारका निकायहरूलाई राष्ट्रिय नीतिनिर्माणमा योगदान गर्दछ ।

१.२ वाणिज्य, वित्तीय तथा मौद्रिक नीति एकाइ

यस एकाइअन्तर्गत आर्थिक वृद्धि, राजस्व र कर प्रणाली, सार्वजनिक खर्च, अन्तरिक तथा बाह्य व्यापार, लागानी वातावरण, वित्तीय संस्थाहरू, औद्योगिक विकास र समष्टिगत आर्थिक पक्षहरूको अध्ययन हुन्छ र सोको आधारमा नेपाल सरकारलाई नीति समीक्षा सिफारिस गर्दछ ।

१.३ पूर्वाधार विकास एकाइ

यस एकाइअन्तर्गत अध्ययनहरू स्थानीय र केन्द्रीय तहका पूर्वाधारको आधुनिकीकरणसँग सम्बन्धित विषयका राष्ट्रिय सार्वजनिक नीतिहरूमा केन्द्रित हुने गर्दछन् । सडकमार्ग, रेलमार्ग, उड्डयन, पुल, सञ्चार, शिक्षा, हानिकारक फोहोर लगायतका फोहोर व्यवस्थापन, ऊर्जा, सिँचाइ र अन्य क्षेत्रगत विकाससँग सम्बन्धित विषयमा नीतिअध्ययन यस एकाइअन्तर्गत हुने गर्दछ ।

वरिष्ठ विधागत विज्ञ समूह (अवैतनिक वरिष्ठ सल्लाहकारहरु)

डिल्लीराज खनाल, पीएचडी
सूर्यराज आचार्य, पीएचडी
बिन्दुनाथ लोहनी, पीएचडी
प्रा. गोविन्दराज पोख्रेल, पीएचडी
डा. प्रकाश कुमार श्रेष्ठ

अनुसन्धान समूह

डा. कल्पना खनाल

वरिष्ठ अनुसन्धानकर्ता

अनुसन्धान (चालू आ. व.)

क्र.सं. अनुसन्धान परियोजनाको शिर्षक सहकार्य गर्ने संस्था (यदि भएमा) प्रमुख अनुसन्धाता सह-अनुसन्धाता परियोजना पूरा भएको वर्ष परियोजनाको स्थिति प्रकाशनको प्रकार
1 नेपालको समग्र सार्वजनिक खर्च प्रणाली सुधारका लागि आवश्यक क्षेत्र पहिचान र सुझावहरू चालू रहेको अनुसन्धान प्रतिवेदन
2 प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धानको व्यवसायीकरणमा गरेका प्रयासहरूको प्रभावकारिता तथा समस्याहरू चालू रहेको अनुसन्धान प्रतिवेदन
3 पूर्वाधार क्षेत्रमा सार्वजनिक खर्चको प्रभाव, खरिद तथा वित्तीय व्यवस्था र प्रक्रियाको तुलनात्मक अध्ययन चालू रहेको अनुसन्धान प्रतिवेदन
4 स्थानीय तहमा सुरुआती उद्यम सञ्चालनको सम्भाव्यता तथा अवसरसम्बन्धी अध्ययन चालू रहेको अनुसन्धान प्रतिवेदन
5 Foreign Direct Investment in Nepal (Perspectives of Primary Agricultural Stakeholders) दिपेन्द्र प्रसाद पन्त, डा. बिक्रम आचार्य, डा. मुकुन्द राज कट्टेल २०७८ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
6 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम तर्जुमाको विषयवस्तु र कार्यान्वयनको समीक्षात्मक अध्ययन केदार बहादुर अधिकारी, राममणि दुवाडी, डा. झम कुमार विश्वकर्मा २०७८ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
7 नेपालको व्यापार घाटालाई सम्बोधन गर्न निर्यात प्रवर्धन र विविधीकरण डा. शोभा पौडेल, डा. सबिन बसी २०७८ डाउनलोड गर्नुहोस् नीति संक्षेप

अनुसन्धान (अघिल्लो आ. व.)

क्र.सं. अनुसन्धान परियोजनाको शिर्षक सहकार्य गर्ने संस्था (यदि भएमा) प्रमुख अनुसन्धाता सह-अनुसन्धाता परियोजना पूरा भएको वर्ष परियोजनाको स्थिति प्रकाशनको प्रकार
Development Experience of Nepal डा. जगदीश चन्द्र पोखरेल, डा. विश्वनाथ पौडेल , डा. टिकाराम गौतम २०७८ डाउनलोड गर्नुहोस् सोचपत्र
नेपालको आर्थिक विकास नीतिका सन्दर्भमा विभिन्न मुलुकका आर्थिक नीति तथा आवधिक योजनाका अनुभव र बजेट तर्जुमा प्रक्रियाको सिंहावलोकन डा. हरि शर्मा न्यौपाने ; डा. बिष्णु राज उप्रेती २०७८ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
Addressing trade deficit of Nepal: Nepal’s productive structure and avenues for diversification - डा. सन्तोष अधिकारी २०७७ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
Constructing Social Accounting Matrix (SAM) and Estimating Computable General Equilibrium (CGE) Modelling Exercise for Nepal: An Analysis of COVID-19 Shocks in Nepal through Tourism and Remittance अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविध्यालय - २०८० डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
Reviewing the industrial areas and SEZs and exploring measures for their effectiveness - - २०८० डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन