कृषि, चिकित्सा क्षेत्र, उद्योग, प्राकृतिक स्रोत, वातावरण, जैविक विविधतालगायतका क्षेत्रहरूमा नवप्रवर्तन, प्रविधि र विज्ञानको प्रयोगमार्फत प्रतिस्पर्धात्मक, दिगो र तीव्र वृद्धि तथा विकासमा सहयोग पु¥याउनु यस केन्द्रको समग्र उद्देश्य रहेको छ । यस केन्द्रलाई निम्नानुसारका तीन एकाइहरूमा विभाजन गरिएको छ ः

५.१ कृषि तथा प्राकृतिक स्रोत एकाइ

यस एकाइले कृषि र पशुपन्छी क्षेत्रको आधुनिकिकरण, खाद्य सुरक्षा, कृषकहरूको कल्याण, कृषि सूचनाप्रणाली, वनजङ्गलको दिगो प्रयोग, जल, जमिन तथा खनिज र अन्य प्राकृतिक स्रोतलगायतका विषयमा अध्ययन अनुसन्धान गरी राष्ट्रिय नीति प्रक्रियामा योगदान गर्दछ ।

५.२ पर्यावरण, वातावरण र जलवायु परिवर्तन एकाइ

यस एकाइले पर्यावरणीय सेवा, जैविक विविधता, जल तथा वायु, रसायन, फोहोर व्यवस्थापन, वातावरणीय संरक्षण र सम्बद्र्धन, जलवायु परिवर्तन तथा अनुकूलन, चक्रीय र हरित अर्थव्यवस्था, दिगो उत्पादन र उपभोगजस्ता विषयहरूमा अध्ययन गरी राष्ट्रले अङ्गीकार गर्ने राष्ट्रिय नीति प्रक्रियामा सहयोग गर्दछ ।

५.३ विज्ञान, प्रविधि र नवप्रवर्तन एकाइ

यस एकाइ वैज्ञानिक क्षमता विकास, सोध, संस्कृति, अनुसन्धान र सम्बन्धित सूचना प्रणाली, विकासका लागि प्राविधिको विकास र प्रयोग, नवप्रवर्तन र अन्तरसम्बन्धित विषयहरू, बौद्धिक सम्पत्ति – विज्ञान, प्रविधि, इन्जिनियारिङ, कला र गणित (STEAM)  शिक्षाका क्षेत्रहरूमा वैज्ञानिक विश्व परिदृश्यलाई समेत ख्याल गरी राष्ट्रिय नीतिमा सहयोग गर्दछ । राष्ट्रिय नीति प्रक्रियामा योगदान गर्दछन ।

वरिष्ठ विधागत विज्ञ समूह (अवैतनिक वरिष्ठ सल्लाहकारहरु)

प्रा. रन्जना गुप्ता, पिएचडी
दिनेश भुजु, पीएचडी
प्रा. जीवराज पोखरेल,पीएचडी
संगीता कौशल, पिएचडी
डा. सुरोज पोख्रेल

अनुसन्धान समूह

डा. दीपक कुमार खडका

वरिष्ठ अनुसन्धान कर्ता

डा. सर्मीला तण्डुकार

अनुसन्धानकर्ता

डा. सबिन बसी

सहअनुसन्धानकर्ता

अनुसन्धान (चालू आ. व.)

क्र.सं. अनुसन्धान परियोजनाको शिर्षक सहकार्य गर्ने संस्था (यदि भएमा) प्रमुख अनुसन्धाता सह-अनुसन्धाता परियोजना पूरा भएको वर्ष परियोजनाको स्थिति प्रकाशनको प्रकार
1 वातावरण संरक्षणसम्बन्धी नियम कानुनको कार्यान्वयन अवस्था, प्रभावकारिता र जटिलताहरू चालू रहेको अनुसन्धान प्रतिवेदन
2 नेपालमा कृषि अनुदानको प्रभावकारितासम्बन्धी अध्ययन चालू रहेको अनुसन्धान प्रतिवेदन
3 स्वास्थ्य प्रयोगशाला नीति २०५९ को समीक्षा चालू रहेको अनुसन्धान प्रतिवेदन
4 विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रणालीको राष्ट्रिय सूचीकरणको रूपरेखा चालू रहेको अनुसन्धान प्रतिवेदन

अनुसन्धान (अघिल्लो आ. व.)

क्र.सं. अनुसन्धान परियोजनाको शिर्षक सहकार्य गर्ने संस्था (यदि भएमा) प्रमुख अनुसन्धाता सह-अनुसन्धाता परियोजना पूरा भएको वर्ष परियोजनाको स्थिति प्रकाशनको प्रकार
Policymakers’ knowledge survey – Nepal काठमाडौँ विश्वविद्यालय, स्कूल अफ आर्ट्स चालू रहेको अनुसन्धान प्रतिवेदन
A gap analysis of science- policy interface in the agriculture sector of Nepal चालू रहेको अनुसन्धान प्रतिवेदन
A gap analysis of science-policy interface in the health sector of Nepal चालू रहेको अनुसन्धान प्रतिवेदन
Consistency analysis: Are agriculture policies consistent with constitutional mandates? डा. सन्तोष अधिकारी २०७६ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
Feasibility study of for water export from Nepal to the Middle-East सरोज ढकाल २०७६ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
Exploratory survey of wind and solar energy potential of Mustang district for power generation कुशल गुरुङ २०७६ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन