परराष्ट्र, सुरक्षा, वैदेशिकसम्बन्ध तथा रणनीतिक मामिलासँग सम्बन्धित मौजुदा सार्वजनिक नीति र क्रियाकलापहरूको समीक्षा र अध्ययन गर्नु यस केन्द्रको समग्र उद्देश्य रहेको छ । यस केन्द्रसँग सरोकार राख्ने अन्तर्राष्ट्रिय क्षेत्रमा घटेका घटना र विकास भएका परिस्थितिसँग सम्बन्धित रही अनुसन्धान, समीक्षा र विश्लेषणमार्फत सुसूचित, सुविचारित तथा सान्दर्भिक नीतिविकल्पहरू तय गरी सरकारलाई सिफारिस गर्नु पनि यस केन्द्रको उद्देश्य हो । यो केन्द्रअन्तर्गत निम्नानुसारका चार एकाइहरू रहेका छन् :

४.१ राष्ट्रिय हित एकाइ

यस एकाइले नेपालको संविधानको धारा ५ अनुसारका राष्ट्रिय हितमा केन्द्रित भई नीतिअध्ययन गर्दछ भने राष्ट्रिय हितको थप व्याख्या र स्पष्टताको लागि अध्ययन गर्दै राष्ट्रिय हितसम्बन्धी नेपालको उद्देश्य प्राप्तिका उपायहरू समेत सिफारिस गर्दछ ।

४.२ परराष्ट्र नीति एकाइ

यस एकाइले मुलुकको परराष्ट्र नीतिमा केन्द्रित भई नीति अनुसन्धान गर्दछ । जसअनुरुप, परराष्ट्र मामिलासँग सम्बन्धित मौजुदा नीतिहरूको समीक्षा र अन्तर्राष्ट्रिय क्षेत्रमा भएका सरोकार राख्ने घटना र विषयहरूको विश्लेषण मार्फत नेपाल सरकारलाई प्रमाणमा आधारित नीति सिफारिस गर्दछ ।

४.३ रणनीतिक मामिला एकाइ

नेपालको रणनीतिक मामिलासम्बन्धी नीतिअध्ययन गर्ने यस एकाइले संविधानमा उल्लेख भएअनुरूपका उद्देश्य प्राप्तिका लागि रक्षा, प्रतिरक्षा र सुरक्षालगायतका सान्दर्भिक रणनीतिक पक्षहरूको अन्य क्षेत्रहरूसँगको अन्तरसम्बन्ध समेतलाई ध्यानमा राखी कार्य गर्दछ । यस एकाइले समसामयिक विश्वको रणनीतिक वातावरण एवम् सरोकार राख्ने अन्य मुलुकको रणनीतिक चालसमेतको अध्ययन गरी सरकारलाई नीतिगत सिफारिस गर्दछ ।

 ४.४ सुरक्षा एकाइ

यस एकाइले नेपाल र अन्य विश्वले सामना गर्दै आएका र गर्नुपर्ने परम्परागत र गैर–परम्परागत सुरक्षासँग सम्बन्धित राष्ट्रिय सुरक्षा विषयमा नीतिअध्ययन गर्ने भएकाले राष्ट्रिय र मानवीय सुरक्षा पनि यस एकाइको अध्ययन क्षेत्रभित्र पर्दछन् । यी विषयहरूलाई व्यापक दृष्टिकोणबाट हेर्दै र नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखी यस एकाइले नेपाल सरकारलाई नीति सिफारिस गर्दछ ।

वरिष्ठ विधागत विज्ञ समूह (अवैतनिक वरिष्ठ सल्लाहकारहरु)

प्रा. सुर्यप्रसाद सुवेदी
श्री केदारभक्त श्रेष्ठ
डा. दिनेश भट्टराई
जनरल हिमालय थापा
डा. लीला न्याइच्याई
पूर्वरथी बालानन्द शर्मा
प्रा.डा. खड्ग केसी
श्री दुर्गा प्रसाद भट्टराई

अनुसन्धान समूह

डा. खगनाथ अधिकारी

वरिष्ठ अनुसन्धानकर्ता

डा. झम कुमार विश्वकर्मा

सहअनुसन्धानकर्ता

अनुसन्धान (चालू आ. व.)

क्र.सं. अनुसन्धान परियोजनाको शिर्षक सहकार्य गर्ने संस्था (यदि भएमा) प्रमुख अनुसन्धाता सह-अनुसन्धाता परियोजना पूरा भएको वर्ष परियोजनाको स्थिति प्रकाशनको प्रकार
1 Chinese Public Diplomacy in Nepal Lila Nyaichyai, PhD; Khaga Nath Adhikari, PhD २०७९ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
2 राष्ट्रिय हितको आयामः अवधारणा, अभ्यास र नेपाली सन्दर्भ चालू रहेको अनुसन्धान प्रतिवेदन
3 Effective Use of Public Diplomacy in the Context of Nepal २०७९ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन

अनुसन्धान (अघिल्लो आ. व.)

क्र.सं. अनुसन्धान परियोजनाको शिर्षक सहकार्य गर्ने संस्था (यदि भएमा) प्रमुख अनुसन्धाता सह-अनुसन्धाता परियोजना पूरा भएको वर्ष परियोजनाको स्थिति प्रकाशनको प्रकार
Preparing for Nepal’s graduation from LDC category ज्ञानचन्द्र आचार्य, डा. खगनाथ अधिकारी २०७८ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
COVID-19 pandemic and the recommended course of action for the Government of Nepal Dr. Mahesh Kumar Maskey (PI), Ashok Pandey (Co-PI) 2021 डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
COVID-19 pandemic and the recommended course of action for the Government of Nepal डा. महेश कुमार मास्के ( प्रमुख अन्वेषक), अशोक पाण्डे ( सह-अन्वेषक ) २०७८ डाउनलोड गर्नुहोस् अनुसन्धान प्रतिवेदन
Effective border management of Nepal चालू रहेको अनुसन्धान प्रतिवेदन
Nepal’s national interests, foreign policy and strategic affairs मधुरमण आचार्य २०७७ डाउनलोड गर्नुहोस् सोचपत्र