बहुविषयलाई समेट्ने यस नीतिअध्ययन केन्द्रका क्रियाकलापहरू यस केन्द्रअन्तर्गतका एकाइहरूले समेट्ने व्यापक विषयका नीति अनुसन्धान र संवादमा केन्द्रित रहन्छन् । आमनागरिकहरू सार्वजनिक नीतिप्रक्रियाको केन्द्रमा रहनु पर्द्छ भन्ने मान्यतामा आधारित भई यस केन्द्रले कार्य गर्दछ । यस केन्द्रअन्तर्गत तीन एकाइहरू रहेका छन् :
३.१ कानुनी मामिला एकाइ
यस एकाइले संवैधानिक प्रावधान, राष्ट्रिय ऐनहरू, मानव अधिकारलगायतका विषयसँग सम्बन्धित नीतिप्रक्रिया एवम् मार्गनिर्देशसम्बन्धी अनुसन्धान गर्दछ । सङ्घीय र सो भन्दा तल्लो तहका सरकारहरूकाबिच कानुनी र संवैधानिक अधिकारसँग सम्बन्धित सहयोग र समन्वय तथा उनीहरूबिच देखिने विवाद समाधानसम्बन्धी विविध विषयहरूमा अनुसन्धान र सार्वजनिक संवादजस्ता विषयसमेत यस समूहको कार्यादेशभित्र पर्दछन् ।
३.२ शिक्षा नीति एकाइ
शिक्षा, शैक्षिक प्रणाली तथा नीति र तिनीहरूको अभ्यास, शिक्षाको राजनीतिक र सामाजिक आधार, शिक्षाको गुणस्तर, शिक्षामा सबैको पहुँच, समतामूलक र जीवनोपयोगी शिक्षा, शैक्षिक नवप्रवर्तन, शिक्षा र रोजगारी लगायतका शिक्षाका समग्र आयाम र विषयमा केन्द्रित भई यस नीति एकाइले नीति अध्ययन गर्ने गर्दछ ।
३.३ स्वास्थ्य नीति एकाइ
देशको समग्र स्वास्थ्यप्रणाली, सेवा, अभ्यास, समस्या, प्राथमिकता र यस क्षेत्रका अन्तर्राष्ट्रिय ज्ञानसमेतलाई मध्यनजर गरी अनुसन्धान, विश्लेषण र बहसमार्फत नीतिनिर्माणमा सहयोग पुर्याउनु यस एकाइको उद्देश्य रहेको छ ।
३.४ समाज कल्याण तथा सामाजिक सुरक्षा एकाइ
सामाजिक सुरक्षा र न्याय, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलगायत अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा, गरिबी र बालबालिका, युवा, ज्येष्ठ नागरिक एवम् अल्पसङ्ख्यकहरूको आवश्यकता र सामाजिक संरक्षणलगायतका विषयहरूको यस एकाइले नीति अध्ययन गर्दछ ।
वरिष्ठ विधागत विज्ञ समूह (अवैतनिक वरिष्ठ सल्लाहकारहरु)
अनुसन्धान समूह
अनुसन्धान (चालू आ. व.)
क्र.सं. | अनुसन्धान परियोजनाको शिर्षक | सहकार्य गर्ने संस्था (यदि भएमा) | प्रमुख अनुसन्धाता सह-अनुसन्धाता | परियोजना पूरा भएको वर्ष | परियोजनाको स्थिति | प्रकाशनको प्रकार |
---|---|---|---|---|---|---|
1 | सार्वजनिक नीति तर्जुमा दिग्दर्शन २०७८ | 2021 | डाउनलोड गर्नुहोस् | अनुसन्धान प्रतिवेदन |
अनुसन्धान (अघिल्लो आ. व.)
क्र.सं. | अनुसन्धान परियोजनाको शिर्षक | सहकार्य गर्ने संस्था (यदि भएमा) | प्रमुख अनुसन्धाता सह-अनुसन्धाता | परियोजना पूरा भएको वर्ष | परियोजनाको स्थिति | प्रकाशनको प्रकार |
---|---|---|---|---|---|---|
१ | Psysho-social impact of COVID-19 and resilient well-being in Nepal | मानवशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय | चालू रहेको | अनुसन्धान प्रतिवेदन | ||
२ | Strengthening social harmony in Nepal | चालू रहेको | अनुसन्धान प्रतिवेदन | |||
३ | सार्वजनिक नीति तर्जुमा दिग्दर्शन २०७८ | २०७८ | डाउनलोड गर्नुहोस् | अनुसन्धान प्रतिवेदन | ||
४ | नीति संक्षेप: नेपालमा सामाजिक स्वास्थ्य बिमा परित्यागसँग सम्बन्धित कारणहरू | डा. झम कुमार विश्वकर्मा | २०७८ | डाउनलोड गर्नुहोस् | अनुसन्धान प्रतिवेदन | |
५ | Social protection, challenges and pre-requisites: A study of Prime Minister’s employment programme in Nepal | डा. सुजीत कर्ण | २०७६ | डाउनलोड गर्नुहोस् | अनुसन्धान प्रतिवेदन | |
६ | Conflict of interest in legislative affairs in Nepal | किरण चापागाईं | २०७६ | चालू रहेको | अनुसन्धान प्रतिवेदन | |
७ | Inventory of major policy research institutions of Nepal and conceptualization of potential networking framework | डा. राज कुमार भट्टराई | २०७६ | डाउनलोड गर्नुहोस् | अनुसन्धान प्रतिवेदन | |
८ | Sharpening positive discrimination: Inserting class within gender, ethnicity, caste and religion | डा. सुजीत कर्ण | २०७६ | डाउनलोड गर्नुहोस् | अनुसन्धान प्रतिवेदन | |
९ | Reducing burden of adult death and disability | डा. छवि रानाभाट | २०७६ | डाउनलोड गर्नुहोस् | अनुसन्धान प्रतिवेदन |