नेपाल सरकारका लागि आवश्यक सुसूचित, सुविचारित र सान्दर्भिक नीतिका विकल्प र सुझावहरू जुटाउने उद्देश्यले सङ्घीय मामिला, सुशासन र सार्वजनिक सेवाप्रवाह क्षेत्रका मौजुदा सार्वजनिक नीति, कार्यक्रम तथा रणनीतिहरूको अनुसन्धान, समीक्षा र विश्लेषण गर्ने यस केन्द्रको समग्र उद्देश्य रहेको छ । यस केन्द्रलाई निम्नानुसारका तीन एकाइमा विभाजन गरिएको छ :
२.१ शासकीय प्रबन्ध एकाइ
यस एकाइले राज्य सञ्चालनका मामिलामा नागरिकको बृहत् सहभागिता र विधिको शासन, उत्तरदायित्व, पारदर्शिता तथा जवाफदेहिताको प्रत्याभूतिका लागि निर्माण हुने संरचना र प्रक्रियालाई समेटी सार्वजनिक नीति अनुसन्धान कार्य गर्दछ । यस एकाइले उत्तरदायी, समावेशी, सहभागितामूलक र पारदर्शी किसिमले व्यवस्थापन हुने सार्वजनिक मामिला एवम् शासकीय सिद्धान्त, मूल्य र मान्यताको समेत प्रतिनिधित्व गर्दछ । यस एकाइका क्रियाकलापहरू नेपालमा प्रभावकारी लोकतान्त्रिक शासनव्यवस्था सुधारको लागि आवश्यक नीतिनिर्माणमा सुसूचित गर्ने प्रमाणहरू जुटाउने कार्यमा केन्द्रित रहन्छन् ।
२.२ सङ्घीय मामिला एकाइ
यस एकाइका अध्ययनहरू नेपालको संविधानको प्रावधानअनुरुपका सङ्घीय प्रशासनसँग सम्बन्धित नीतिहरूमा केन्द्रित रहन्छन् । नागरिको हितका लागि विभिन्न तहका सरकारका अधिकार बाँडफाँट, तिनीहरूको प्रभावकारी अभ्यास र परिणामसँग सम्बन्धित भई गरिने यस उपसमूहका क्रियाकलापहरूले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारहरूबिच सहयोग र सम्बन्ध स्थापित गरी सङ्घीय प्रशासनको सुदृढ़ीकरणका लागि प्रामाणमा आधारित अनुसन्धान सामग्रीहरू सिर्जना गर्दछन् ।
२.३ सार्वजनिक सेवाप्रवाह एकाइ
सरकारले नागरिकहरूलाई सिधा आफ्नै संयन्त्रमार्फत वा सार्वजनिक निकाय वा वित्तीय प्रणालीहरूमार्फत सार्वजनिक सेवाहरू प्रदान गर्दछ । यस्ता सेवाहरूमा स्वास्थ्य सुरक्षा, शिक्षा, पूर्वाधार, सामाजिक सेवाहरू आदि पर्दछन् । यस एकाइका क्रियाकलापहरू सम्बन्धित विषयको अध्ययन, समीक्षा र विश्लेषणमार्फत थप प्रभावकारी सार्वजनिक सेवा प्रवाहका लागि प्रमाण जुटाउने तर्फ केन्द्रित हुनेछन् ।लागि प्रमाण जुटाउने तर्फ केन्द्रित हुनेछन् ।
२.४ सार्वजनिक संस्था एकाइ
सरकारको लगानी, स्वामित्व, उत्तरदायित्व र आमजनताको अपनत्व तथा सरोकार रहने केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहअन्तर्गत रहने सार्वजनिक संस्थाहरूजस्तै संसद, न्यायपालिका, निजामती सेवा, सरकारको लगानी रहेका विश्वविद्यालयहरू, सार्वजनिक अस्पतालहरूलगायतका संस्थाहरूको स्थापना, सञ्चालन, सुशासन, संरक्षण, सेवाको गुणस्तर र सेवाप्रवाह आदि बारेमा यस एकाइअन्तर्गत नीतिअध्ययन अनुसन्धान हुन्छ ।
वरिष्ठ विधागत विज्ञ समूह (अवैतनिक वरिष्ठ सल्लाहकारहरु)
अनुसन्धान समूह
अनुसन्धान (चालू आ. व.)
क्र.सं. | अनुसन्धान परियोजनाको शिर्षक | सहकार्य गर्ने संस्था (यदि भएमा) | प्रमुख अनुसन्धाता सह-अनुसन्धाता | परियोजना पूरा भएको वर्ष | परियोजनाको स्थिति | प्रकाशनको प्रकार |
---|---|---|---|---|---|---|
1 | निर्वाचन प्रणाली सुधार अध्ययन | चालू रहेको | अनुसन्धान प्रतिवेदन | |||
2 | सामुदायिक विवाद समाधानको लागि स्थानीय न्यायीक समितिको भूमिका | चालू रहेको | अनुसन्धान प्रतिवेदन | |||
3 | Building a Socialism-Oriented State from Ground-Up: A Perspective Paper on the Local Government in Nepal | चालू रहेको | अनुसन्धान प्रतिवेदन | |||
4 | विद्यालय शिक्षाको गुणस्तर अभिवृद्विका लागि शिक्षकको पेशागत विकास | चालू रहेको | अनुसन्धान प्रतिवेदन | |||
5 | नेपालमा लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलको संस्थागत विकाससम्बन्धी अध्ययन | चालू रहेको | अनुसन्धान प्रतिवेदन | |||
6 | Reflecting on Public Policy Landscape in Nepal | डा. मुक्ति राम रिजाल, डा. विष्णु राज उप्रेती | 2078 | डाउनलोड गर्नुहोस् | सोचपत्र | |
7 | Policymaking on Governance and Service Delivery in Nepal | लीलामणि पौडेल | २०७८ | डाउनलोड गर्नुहोस् | सोचपत्र |
अनुसन्धान (अघिल्लो आ. व.)
क्र.सं. | अनुसन्धान परियोजनाको शिर्षक | सहकार्य गर्ने संस्था (यदि भएमा) | प्रमुख अनुसन्धाता सह-अनुसन्धाता | परियोजना पूरा भएको वर्ष | परियोजनाको स्थिति | प्रकाशनको प्रकार |
---|---|---|---|---|---|---|
१ | Study on electoral system reform | नेपाल ल क्याम्पस, त्रिभुवन विश्वविद्यालय | चालू रहेको | अनुसन्धान प्रतिवेदन | ||
२ | जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट प्रवाह हुने सेवाहरूको सेवाग्राही सन्तुष्टि मापन तथा नीति अध्ययन | नेपाल ल क्याम्पस, त्रिभुवन विश्वविद्यालय | चालू रहेको | अनुसन्धान प्रतिवेदन | ||
३ | जिल्ला प्रहरी कार्यालयबाट प्रवाह हुने सेवाहरूको सेवाग्राही सन्तुष्टी मापन तथा नीति अध्ययन | नेपाल ल क्याम्पस, त्रिभुवन विश्वविद्यालय | २०७९ | डाउनलोड गर्नुहोस् | अनुसन्धान प्रतिवेदन | |
४ | नेपालमा विद्युतीय मतदान प्रणालीको प्रयोग | मधु प्रसाद रेग्मी ( प्रमुख अन्वेषक), देशबन्धु अधिकारी ( सह-अन्वेषक) | २०७७ | डाउनलोड गर्नुहोस् | अनुसन्धान प्रतिवेदन |