आर्थिक तथा पूर्वाधार नीति अध्ययन केन्द्रले नेपाल सरकारका सम्बन्धित क्षेत्रका नीतिहरू, साझा सरोकार र हितका विषयहरूमा सरकारलाई सहयोग गर्दछ । सम्बन्धित विषयहरूमा प्रश्न गर्ने, प्रमाण सङ्कलन गर्ने, विश्लेषण गर्ने र अध्ययनमार्फत प्राप्त हुने निष्कर्षहरू व्यापक रूपमा प्रसार पनि गर्ने गर्दछ । यस केन्द्रअन्तर्गत निम्नानुसारका तीन एकाइहरू रहेका छन् :
१.१ आर्थिक विकास एकाइ
आर्थिक वृद्धि, राजस्व तथा कर, सार्वजनिक खर्च, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार, लागानी वातावरण र वित्तीय संस्था, औद्यौगिक विकास र अन्य आर्थिक विषयमा अनुसन्धान गरी नेपाल सरकारको सार्वजनिक नीति प्रक्रियामा सहयोग गर्ने यस उद्देश्य रहेको छ । यस एकाइअन्तर्गतका अनुसन्धानहरूले नेपालका सार्वजनिक नीति निर्मातालाई सूसुचित गर्नुका साथै विश्वको अर्थतन्त्रसँग नेपालको अन्तक्र्रियामा सुधार गर्न सहयोग गर्दछन् । समयक्रममा देखापर्ने नवीनतम एवम् जटिल आर्थिक चुनौतीहरूमा समेत प्रमाणमा आधारित भई प्राप्त हुने अध्ययनमार्फत आर्थिक विकल्पहरू उपलब्ध गराई सरकारका निकायहरूलाई राष्ट्रिय नीतिनिर्माणमा योगदान गर्दछ ।
१.२ वाणिज्य, वित्तीय तथा मौद्रिक नीति एकाइ
यस एकाइअन्तर्गत आर्थिक वृद्धि, राजस्व र कर प्रणाली, सार्वजनिक खर्च, अन्तरिक तथा बाह्य व्यापार, लागानी वातावरण, वित्तीय संस्थाहरू, औद्योगिक विकास र समष्टिगत आर्थिक पक्षहरूको अध्ययन हुन्छ र सोको आधारमा नेपाल सरकारलाई नीति समीक्षा सिफारिस गर्दछ ।
१.३ पूर्वाधार विकास एकाइ
यस एकाइअन्तर्गत अध्ययनहरू स्थानीय र केन्द्रीय तहका पूर्वाधारको आधुनिकीकरणसँग सम्बन्धित विषयका राष्ट्रिय सार्वजनिक नीतिहरूमा केन्द्रित हुने गर्दछन् । सडकमार्ग, रेलमार्ग, उड्डयन, पुल, सञ्चार, शिक्षा, हानिकारक फोहोर लगायतका फोहोर व्यवस्थापन, ऊर्जा, सिँचाइ र अन्य क्षेत्रगत विकाससँग सम्बन्धित विषयमा नीतिअध्ययन यस एकाइअन्तर्गत हुने गर्दछ ।
वरिष्ठ विधागत विज्ञ समूह (अवैतनिक वरिष्ठ सल्लाहकारहरु)
अनुसन्धान समूह
अनुसन्धान (चालू आ. व.)
अनुसन्धान (अघिल्लो आ. व.)
क्र.सं. | अनुसन्धान परियोजनाको शिर्षक | सहकार्य गर्ने संस्था (यदि भएमा) | प्रमुख अनुसन्धाता सह-अनुसन्धाता | परियोजना पूरा भएको वर्ष | परियोजनाको स्थिति | प्रकाशनको प्रकार |
---|---|---|---|---|---|---|
१ | Development Experience of Nepal | डा. जगदीश चन्द्र पोखरेल, डा. विश्वनाथ पौडेल , डा. टिकाराम गौतम | २०७८ | डाउनलोड गर्नुहोस् | सोचपत्र | |
२ | नेपालको आर्थिक विकास नीतिका सन्दर्भमा विभिन्न मुलुकका आर्थिक नीति तथा आवधिक योजनाका अनुभव र बजेट तर्जुमा प्रक्रियाको सिंहावलोकन | डा. हरि शर्मा न्यौपाने ; डा. बिष्णु राज उप्रेती | २०७८ | डाउनलोड गर्नुहोस् | अनुसन्धान प्रतिवेदन | |
३ | Addressing trade deficit of Nepal: Nepal’s productive structure and avenues for diversification | - | डा. सन्तोष अधिकारी | २०७७ | डाउनलोड गर्नुहोस् | अनुसन्धान प्रतिवेदन |
४ | Economic impact of COVID-19 in Nepal | अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविध्यालय | - | - | चालू रहेको | अनुसन्धान प्रतिवेदन |
५ | Reviewing the industrial areas and SEZs and exploring measures for their effectiveness | - | - | - | चालू रहेको | अनुसन्धान प्रतिवेदन |