कृषि क्षेत्रको नीति सुधारमा विज्ञहरुको जोड

January 14, 2023

पुस ३०, २०७९ | काठमाडौं

नेपालमा कृषिको आधुनीकिकरण र व्यवसायिकरणका लागि नीतिगत सुधार गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नीति अनुसन्धान प्रतिष्ठान र अमेरिकामा रहेका कृषि विज्ञहरूको छाता संगठन एशोसिएसन अफ नेपलिज एग्रीकल्चरल प्रोफेशनल्स अफ अमेरिकाज नापाद्धारा संयुक्त रुपमा आयोजित भर्चुअल गोष्ठीमा सहभागी वक्ताहरुले नीतिगत सुधार र सरोकारवाल निकायको प्रभावकारी समन्वयमा जोड दिएका हुन् ।

ंगोष्ठीमा कृषि तथा पशु पंक्षी विकास मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद, कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय अन्र्तगतको कृषि तथा पशुविज्ञान अध्ययन संस्थान, नेपाल केन्ऽिय कृषि सहकारी लगायतका संस्थाको सहभागिता थियो ।

गोष्ठीमा कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले कृषि क्षेत्रले अंगाल्नु गर्ने नीतिगत विषयमा विज्ञहरुको सुझाव अनुसार अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्य प्रसाद रेग्मीले कृषि क्षेत्रमा अहिले सम्म भएका अनुसन्धान र खोज सम्वन्धमा तयार पारिएका अध्ययन प्रतिवेदनलाई राज्यले अंगिकार गर्नुपर्नेमा जोड दिनुभयो ।

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीले कृषिक्षेत्रको अनुसन्धान, कृषि शिक्षा तथा नीतिहरूको अभ्यासमा संलग्न रहेका विज्ञहरुको अनुभवलाई राज्यको मुल प्रवाहमा ल्याउनुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा अध्ययन अनुसन्धानले विद्यमान समस्यालाई समाधान गर्न सहयोग पुग्ने उप्रेतीको भनाई छ ।

गोष्ठीमा कृषि नीति सम्बन्धी विभिन्न विद्यागत क्षेत्रका ३६ वटा कार्यपत्रहरू प्रस्तुत भएका थिए । नापाका अध्यक्ष डा. प्रदीप वाग्लेले कृषि क्षेत्रको नीतिगत सुधारमा जोड दिनुभयो ।