कार्बन उत्सर्जन शून्य बनाउन बहस

January 3, 2022

कार्बन उत्सर्जन शून्य बनाउन बहस
author-image

अन्नपूर्णसमाज

 १९ पुष २०७८ १९:५६:००

काठमाडौं : काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुकेसनको एमफिल दोस्रो सेमिष्टरका विद्यार्थीले स्कुललाई कार्बन उत्सर्जन शून्य बनाउने विषयमा बहस गरेका छन् ।

विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्रा डा बालचन्द्र लुइँटेल विश्वमा देखिएको अस्वाभाविक जलवायु परिवर्तनले समस्या बढाएको बताए । उनले कार्बनको अत्यधिक उत्सर्जनले पृथ्वी र मानिसलाई रोगी बनाएको तर्क गरे । डा राजकुमार ढुंगानाले विद्यार्थीले देखाएको लगनको प्रशंसा गर्दै एक विद्यार्थी एक बिरुवामा जोड दिए । डा हरि लम्सालले आगामी दिनमा जलवायु परिवर्तनसम्बन्धी समस्यालाई न्यूनीकरण गर्नेमा सबै सतर्क हुनपर्नेमा जोड दिए ।

नीति अनुसन्धान प्रतिष्ठानका अधिकृत डा शोभा पौड्यालले विभिन्न देशमा गरिएका प्रयोग, नीति नियम र सफलताबाट पाठ सिक्नुपर्ने बताइन् । पाठ्यक्रम नै प्रथम सुरुआत बिन्दु हुने भएकाले उक्त विषयलाई पाठ्यक्रममा राखि जागरुक बनाउनुपर्ने डा राधा वाग्लेको भनाइ छ । विश्वविद्यालयका पूर्व डिन प्रा डा महेनाथ पराजुलीले यो समस्या पृथ्वीमा बस्ने सबैको भएकाले ५० वर्षपछि मानवको अस्तित्व के भनी प्रश्न गरेका थिए । कार्यक्रममा सहभागी अतिथिले कार्बन उत्सर्जन शून्य बनाउन जोड दिएका थिए ।