हाम्रो समूह | प्रोफाइल

सोनिया बस्याल
विश्लेषक
(सूचना तथा ज्ञान व्यवस्थापन विभाग)
Biography

सोनिया बस्यालले कृषि तथा वन विज्ञान विश्वविद्यालय, चितवन, नेपालबाट कृषि अर्थशास्त्र विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । हाल नीति अनुसन्धान प्रतिष्ठानको सूचना तथा ज्ञान व्यवस्थापन विभागमा विश्लेषक पदमा कार्यरत उहाँ नीति अनुसन्धान, सूचना व्यवस्थापन, प्रतिवेदन समीक्षा र प्रकाशन, तथा सार्वजनिक नीति संवादको सञ्चालनमा सक्रिय रूपमा संलग्न हुनुहुन्छ । अनुसन्धान डिजाइन, गणनात्मक र गुणात्मक तथ्याङ्क सङ्कलन र विश्लेषण, परियोजना अनुगमन र मूल्याङ्कन, प्रतिवेदन लेखन र समीक्षामा निपूर्ण उहाँले यसअघि प्रतिष्ठानमै अनुसन्धान इन्टर्नको रूपमा पनि काम गर्नुभएको थियो ।
उहाँको हालसम्मको शैक्षिक यात्राले प्राकृतिक स्रोत, कृषि र उत्पादन-अर्थशास्त्रमा दक्षता झल्काउँदछ । यसअघि उहाँले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूद्वारा संचालित अनुसन्धान परियोजनाहरूका साथै त्यस्ता संस्थाहरूबाट आयोजित अनुसन्धानमा-आधारित अन्य कार्यमा संलग्न भएर अनुभव हासिल गर्नुभएको छ । उहाँले नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँगको सहकार्यमा दायित्व नेपालबाट प्रदत्त सार्वजनिक नीति फेलोसिप अन्तर्गत रहेर पनि नीति अनुसन्धानको कार्य गर्नुभएको थियो । बस्याल सञ्चार र सूचना व्यवस्थापन सीप भएको एक कुशल वक्ता हुनुहुन्छ ।