हाम्रो समूह | प्रोफाइल

लक्ष्मण प्रसाद भट्टराई
कार्यालय प्रवन्धक
Biography

लक्ष्मण प्रसाद भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासन तथा वाणिज्यशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक तह पूरा गर्नुभएको छ । नेपाल सरकारको वित्तीय व्यवस्थापन तथा प्रशासनलगायतमा ३५ वर्ष सेवा गरिसक्नुभएका उहाँले पर्यटन मन्त्रालय, कृषि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र उद्योग मन्त्रालयमा सह सचिवको रूपमा र विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी, निर्वाचन आयोगका प्रवक्ता, पर्यटन विभागका महानिर्देशक तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशकको रूपमा काम गर्नुभएको छ ।