हाम्रो समूह | प्रोफाइल

दिपेन्द्र प्रसाद पन्त
विश्लेषक
Biography

दिपेन्द्र प्रसाद पन्तले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्य र समाजशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गर्नु भएको छ । उहाँसँग शिक्षणलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका सङ्घसंस्था र कम्पनीमा २३ वर्षको पेसागत अनुभव छ । अनुसन्धान, प्रतिवेदन लेखन, प्रकाशन, सम्पादन, परियोजना निर्माण र परिणाममा आधारित परियोजना व्यवस्थापनमा उहाँ विशेष दखल राख्नुहुन्छ । भने उहाँका राष्ट्रिय तथा अन्तराष्ट्रिय तहका जर्नलमा लेखहरू र पुस्तकका अनुच्छेदहरू प्रकाशित छन् । नेपालमा सशस्त्र द्वन्द्वको क्रममा वेपत्ता भएका÷बनाइएका व्यक्तिहरू र मानव अधिकार ज्यादती तथा हनन्का घटनाहरूको प्रलेखीकरणगरी उहाँबाट सम्पादित पुस्तकहरू प्रकाशित छन् ।