हाम्रो समूह | प्रोफाइल

डा. हरि शर्मा न्यौपाने
वरिष्ठ अनुसन्धानकर्ता तथा अनुसन्धान विभाग प्रमुख
Coordinator: ( Political, Legal and Social Affairs)
Biography

डा. हरि शर्मा न्यौपानेले थाइल्याण्डको Chiang Mai University बाट Development Economics, Policy Models and Econometrics मुख्य विषय लिई अर्थशास्त्रमा विद्यावारिधि गर्नु भएको छ । उहाँले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय जर्नलहरूमा लेख/रचना प्रकाशित गर्नुभएको छ । प्राध्यापन, अनुसन्धान र विकास क्षेत्रमा उहाँसँग तीन दशक लामो अनुभव छ । उहाँले कृषि अर्थशास्त्री, वरिष्ठ परामर्शदाता र प्रवन्धकको रूपमा काम गरिसक्नुभएको छ । नेपाल सरकारको कृषि मन्त्रालय अन्तरगतका विभिन्न निकायहरू, विकास साझेदारहरूको सहयोगमा संचालित विकास परियोजनाहरू र निजी क्षेत्रसँग समेत काम गरेको अनुभव उहाँसँग छ ।