हाम्रो समूह | प्रोफाइल

डा. मुक्ति राम रिजाल
वरिष्ठ अनुसन्धानकर्ता
Coordinator: (Federal Affairs, Governance and Public Service Delivery)
Biography

डा. मुक्ति राम रिजालले स्थानीय सुशासन र द्वन्द्व समाधान विषयमा नेपालको त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ । प्रतिष्ठानमा वरिष्ठ अनुसन्धानकर्ता तथा संघीय मामिला, सुशासन र सार्वजनिक सेवा प्रवाह विधागत अनुसन्धान समूहको संयोजकको रूपमा कार्यरत डा. रिजालसँग संघीय मामिला र विकेन्द्रित स्थानीय प्रशासनको अनुसन्धान र पैरवी, प्रादेशिक र स्थानीय तहका  निकाय र सरोकारवालाहरूको क्षमता अभिवृद्धि तथा सरकारी/गैरसरकारी तहका संस्था र सरोकारवालाहरूसँगको सञ्जाल निर्माण एवं सहकार्यमा नेपाल र बाहिरसमेत गरी तीन दशक लामो अनुभव छ ।