हाम्रो समूह | प्रोफाइल

डा. कल्पना खनाल
वरिष्ठ अनुसन्धानकर्ता
Biography

डा. कल्पना खनालले संयुक्त राज्य अमेरिकाको University of Missouri Kansas City बाट अर्थशास्त्रमा स्नातकोत्तर र विद्यावारिधि तहको उपाधि प्राप्त गर्नुभएको छ । उहाँसँग अमेरिकाका विभिन्न विश्वविद्यालयहरूमा अध्यापन र अनुसन्धान गरेको एक दशक लामो अनुभव छ । मुद्रा, बैकिंग, सार्वजनिक वित्त, वैश्विक वित्त, राजनीतिक अर्थतन्त्र, संस्थागत अर्थतन्त्र तथा लैंगिक तथा नारीवादी अर्थतन्त्र अध्यापन तथा अनुसन्धानमा उहाँ विशेष रुचि राख्नुहुन्छ । डा. खनालले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यशाला र सम्मेलनहरूमा धेरै अनुसन्धान पत्रहरू प्रस्तुत गर्नु भएको छ भने उहाँका लेखहरू विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तहका जर्नलहरूमा प्रकाशित हुनुका साथै पुस्तक समीक्षा, पुस्तकका खण्डहरू र पत्रपत्रिकामा विचारहरू प्रकाशित छन् । उहाँ अमेरिका र अन्य मुलुकमा अवस्थित तथा सक्रिय अर्थशास्त्र, कृषि र प्राज्ञिक क्षेत्रका पेशागत संघसंस्था र सञ्जालको सदस्य पनि हुनुहुन्छ ।