हाम्रो समूह | प्रोफाइल

मनिषा गड्तौला
प्रशिक्षार्थी
Biography

मनिषा गड्तौलाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तह पूरा गर्नुभएको छ । उहाँले बेल्ट एण्ड रोड फेलोशिपअन्तर्गत चीनको सिचुआन विश्वविद्यालयमा अन्तराष्ट्रिय सम्बन्धको अध्ययन गर्नुका साथै परियोजना व्यवस्थापन, अनुगमन तथा निरीक्षण तथा डिजिटल मार्केटिङ लगायतका क्षेत्रमा कार्य अनुभव उहाँसँग छ । अर्थाशास्त्रका व्यापार, मुद्रास्फीति, बेरोजगारीलगायतका विषयहरूमा उहाँ रुची राख्नु हुन्छ । अर्थशास्त्रसम्बन्धी विभिन्न विषयहरूमा गड्तौलाका लेख तथा विचारहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित छन् । गड्तौला नीति अनुसन्धान प्रतिष्ठानमा आर्थिक तथा पूर्वाधार विकास नीति अध्ययन केन्द्रमा कार्यरत हुनुहुन्छ ।