हाम्रो समूह | प्रोफाइल

नीलमणि लामा
वरिष्ठ सहायक
Biography

नीलमणि लामाले त्रिभुवन विश्वविद्यालयबाट सङ्कट व्यवस्थापन अध्ययन विषयमा स्नातकोत्तर तह पूरा गर्नुभएको छ । कार्यालय प्रशासनमा दुई वर्ष लामो कार्य अनुभवका साथ उहाँ हाल प्रतिष्ठानमा सूचना तथा ज्ञान व्यवस्थापन विभागअन्तर्गत कार्यरत हुनुहुन्छ । उहाँसँग जातिविशेषका संस्कृति तथा रहनसहनलगायत विपद् जोखिम व्यवस्थापनसम्बन्धी अनुसन्धानमा समेत संलग्न भई काम गरेको अनुभव छ । उहाँ पुस्तकालय व्यवस्थापन अन्तर्गत PMB/DAM प्रणाली सञ्चालनमा रुचि राख्नुहुन्छ ।