हाम्रो समूह | प्रोफाइल

डा. हरि प्रकाश चन्द
अनुसन्धानकर्ता
Biography

डा. हरि प्रकाश चन्दले त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा विद्यावारिधि पुरा गर्नुभएको छ । हाल उहाँ नीति अनुसन्धान प्रतिष्ठानको परराष्ट्र तथा रणनीतिक मामिला नीति अध्ययन केन्द्रमा अनुसन्धानकर्ताको रूपमा कार्यरत हुनुहुन्छ ।

उहाँले एसियन जर्नल अफ इन्टरनेशनल अफेयर्सको संस्थापक प्रधान सम्पादक भएर पनि कार्य गरिसक्नुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध जर्नलहरूमा प्रकाशित अनुसन्धान कृति तथा पुस्तकको लेखक तथा सम्पादक भई नेपालको विदेश मामिला र अन्तर्राष्ट्रिय सम्बन्धमा डा. चन्दले महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ।

डा. चन्दको प्राज्ञिक र प्रशासनिक गरेर विभिन्न सरकारी तथा गैर-सरकारी संस्थाहरूमा १६ वर्षको अनुभव रहेको छ । मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपतिको सल्लाहकार र नेपाल चेम्बर अफ कमर्सको अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशकको रूपमा समेत उहाँले कार्य गरिसक्नु भएको छ । त्रिभुवन विश्वविद्यालयले उहाँलाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा पहिलो विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।