हाम्रो समूह | प्रोफाइल

डा. सुबास अधिकारी
अनुसन्धानकर्ताBiography
डा. सुबास अधिकारीले भारतको पुने विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नाकोत्तर र दक्षिण कोरीयाको सन्क्युन्क्वान विश्वविद्यालयबाट विद्यावारिधी गर्नुभएको छ । उहाँ हाल नीति अनुसन्धान प्रतिष्ठानको प्राकृतिक स्रोत तथा प्रविधि नीति केन्द्रमा अनुसन्धानकर्ताको रूपमा कार्यरत हुनुहुन्छ ।
डा. अधिकारीले मदन भन्डारी विज्ञान प्रविधि विश्वविद्यालय र त्यसको विकास बोर्डमा सुक्ष्मविज्ञानको परामर्शदाताको रुपमा रहेर उक्त विश्वविद्यालयको शैक्षिक पाठ्यक्रम र अनुसन्धान परियोजनाहरूको निर्माण गर्नुभएको थियो । उहाँ नेक्सस इन्स्टिट्युट अफ रिसर्च एन्ड ईनोभेसन (निरी) को संस्थापक सदस्य र मुख्य अनुसन्धानकर्ता समेत रहनुभएको छ।
स्नाकोत्तर पश्चात कोरीयाको सन्क्युन्क्वान विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र अरु अनुसन्धान निकायहरुमा रहेर उहाँ भौतिक विज्ञानको अनुसन्धान र विकासमा संलग्न हुँदै आउनुभएको छ । अध्ययन र अनुसन्धानको क्रममा डा. अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध सन्क्युन हनरेबल छात्रवृत्ति, सिल्भर जुब्ली छात्रवृत्ति र TWAS फेलोसिप फर रिसर्च एन्ड एड्भान्स ट्रेनिङ जस्ता विभिन्न छात्रवृत्ति तथा फेलोसिप अवसरहरू प्राप्त गर्नु भएको छ।