हाम्रो समूह | प्रोफाइल

डा. राजेन्द्र खनाल
अनुसन्धानकर्ता
Biography

डा. राजेन्द्र खनाल खाद्य प्रविधि विज्ञका साथै अनुभवी वातावरणीय वैज्ञानिक हुनुहुन्छ | डा. खनालले टोकियो विश्वविद्यालयबाट सहरी इन्जिनियरिंगमा विद्यावारिधि, त्रिभुवन विश्वविद्यालयबाट खाद्य प्रविधिमा स्नातक र स्नातकोत्तर तह पूरा गर्नु भएको छ। डा. खनालको विशेषज्ञताको क्षेत्र – पानीको गुणस्तरको मोडेलिङ्, वातावरणीय विष-विज्ञान, खानेपानी तथा ढल व्यवस्थापन, जलवायु परिवर्तन मोडेलिङ् र वातावरणीय व्यवस्थापन हो |

उहाँका थुप्रै अनुसन्धानमुलक लेख रचना प्रकाशित छन् भने एशियाका टोक्यो, जापान, हानोई, भियतनाम, र नोम पेन्ह र सिएम रीप तथा कम्बोडियामा खानेपानी तथा ढल व्यवस्थापन, सहरी तथा वातावरण व्यवस्थापनमा उहाँको कार्यअनुभव रहेको छ | डा. खनालबारे अन्य जानकारी तलको लिंकमा पाउन सकिन्छ –  https://sites.google.com/view/rajendra-khanal