हाम्रो समूह | प्रोफाइल

डा. मोहन कुमार शर्मा
वरिष्ठ अनुसन्धानकर्ताBiography
डा. मोहन कुमार शर्माले नेपालको त्रिभुवन विश्वविद्यालयबाट स्वास्थ्य शिक्षामा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ l वहाँ हाल नीति अनुसन्धान प्रतिष्ठान, सूचना तथा ज्ञान व्यवस्थापन विभाग प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ l
स्वास्थ्य र शिक्षाका राष्ट्रिय नीति र अभ्यास, खानेपानी, स्वास्थ्य, र सरसफाइ (WASH), बाल, छिटो, र जबरजस्ती विवाह (CEFM), डिमेन्सिया र बुढ्यौली, पोषण, आहार अभ्यास, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, वृहत यौन शिक्षा, किशोर स्वास्थ्य र अपाङ्गता भएका व्यक्तिहरूको लागि यौन शिक्षा, एच.आई.भी./एड्सका अनुसन्धान कार्यमा उहाँको १० वर्षको अनुभव रहेको छ l यी कार्यहरू मार्फत डा. शर्माले नयाँ-नयाँ प्रविधि तथा टेलीहेल्थले अति जटिल अवरोध कसरी कम गर्न सक्दछ भन्ने बारे अध्ययन गर्नुभएको छ l राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा वहाँका दुई दर्जन बढी शोध लेखहरु प्रकाशित भएका छन् l