हाम्रो समूह | प्रोफाइल

डा. मुकुन्द राज कट्टेल
वरिष्ठ अनुसन्धान कर्ता तथा विभाग प्रमुख
Biography

डा. मुकुन्द राज कट्टेलले थाइल्यान्डको महिदोल विश्वविद्यालयबाट मानवअधिकार र शान्ति विषयमा विद्यावारिधि गर्नु भएको छ। प्रतिष्ठानमा हाल वरिष्ठ अनुसन्धानकर्ता र सूचना तथा ज्ञान व्यवस्थापन विभाग प्रमुखको रुपमा कार्यरत उहाँसँग मानवअधिकार अनुसन्धान तथा पैरवी, सुशासन, द्वन्द्वत्तोर शान्ति निर्माण र मानवअधिकार रक्षक, नागरिक समाज तथा मानव अधिकार संस्थाहरूको क्षमता विकासमा २५ वर्षको अनुभव रहेको छ। सामाजिक रुपान्तरणका लागि ज्ञान व्यवस्थापनमा उहाँको विशेष अभिरुचि छ ।