हाम्रो समूह | प्रोफाइल

डा. भोगेन्द्र मिश्र
अनुसन्धानकर्ता
(Federal Affairs, Governance and Public Service Delivery)
Biography

डा. भोगेन्द्र मिश्र जापानको क्योटो विश्वविद्यालयबाट इन्जिनियरिङमा विद्यावारिधि हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालय र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नातकोत्तर तहका उपलब्धिको लागि क्रमशः “नेपाल विद्याभूषण ख” र “The John A. Hones Prize” प्राप्त गर्नुभएको छ । उहाँले विभिन्न विकास संस्थामा विशेषज्ञ तथा अनुसन्धानकर्ताको रूपमा एसिया प्रशान्त क्षेत्र, नेदरल्याण्ड र नेपालमा काम गर्नुभएको छ । सम्बन्धित क्षेत्रका प्रतिष्ठित जर्नलहरूमा उहाँका लेखहरू प्रकाशित छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मेलन र कार्यशालामा उहाँले आफ्ना कार्यपत्रहरू प्रस्तुत गर्नुभएको छ ।