हाम्रो समूह | प्रोफाइल

डा. बिक्रम आचार्य
अनुसन्धानकर्ता
Biography

डा. बिक्रम आचार्य दक्षिण कोरियाको Seoul National University बाट प्रविधि व्यवस्थापन, अर्थशास्त्र तथा नीति विषयमा विद्यावारिधि गर्नु भएको छ । उहाँ हाल प्रतिष्ठानको सूचना तथा ज्ञान व्यवस्थापन विभाग अन्तर्गत कार्यरत हुनुहुन्छ । सूचना प्रविधि, प्राज्ञिक तथा अनुसन्धान क्षेत्रमा ६ वर्षको कार्य अनुभवका साथै विभिन्न अन्तरराष्ट्रिय जर्नलहरुमा वहाँका थुप्रै लेखहरू प्रकाशित छन् । उहाँको सार्वजनिक नीति विशेषगरी मौजुदा प्रविधि तथा आगामी दिनमा आउने प्रविधि प्रति उपभोक्ताको व्यवहार र त्यसले अर्थतन्त्रमा पार्नसक्ने असर तथा उपभोक्तामुखी र उपभोक्ता – कल्याणकारी नीतिसँग सम्बन्धित अनुसन्धानमा बढी रुचि रहेको छ ।