हाम्रो समूह | प्रोफाइल

गोपाल आचार्य
सहअनुसन्धानकर्ता
(कानुनी तथा सामाजिक मामिला नीति अध्ययन केन्द्र)
Biography

गोपाल आचार्यले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र अङ्ग्रेजी शिक्षा विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ । हाल उहाँ नीति अनुसन्धान प्रतिष्ठानको शासकीय प्रबन्ध तथा सङ्घीय मामिला नीति केन्द्रमा सह-अनुसन्धानकर्ताको रूपमा कार्यरत हुनुहुन्छ ।

 उहाँसँग विभिन्न निजी/गैरसरकारी तथा सार्वजनिक/सरकारी सङ्घसंस्थाहरूमा रहेर अनुसन्धानका क्षेत्रमा कार्य गरेको अठार वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ । यसमध्ये विश्वविद्यालय अनुदान आयोगमा अनुसन्धान व्यवस्थापन र उच्च शिक्षाको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन सम्बद्ध कार्यमा आठ वर्षको तथा नीति अनुसन्धान प्रतिष्ठानमा विश्लेषक पदमा रही अनुसन्धान व्यवस्थापन र नीति अनुसन्धानका क्षेत्रमा चार वर्षको पेसागत कार्यानुभव उल्लेखनीय छन् । अनुसन्धाता आचार्यले प्राज्ञिक तथा समसामयिक विषयवस्तुमा आधारित सातवटा पुस्तकहरूको  प्रकाशन र एउटा बहु-बिधागत विज्ञ समीक्षित जर्नलको सम्पादन गर्नुका साथै विभिन्न राष्ट्रिय जर्नलहरूमा अनुसन्धानमूलक लेखहरू प्रकाशित गर्नुभएको छ । उहाँको एकल तथा सामुहिक योगदानमा शिक्षा, स्वास्थ्य तथा कानुनी मामिला लगायत विभिन्न क्षेत्रका एक दर्जनभन्दा बढी अनुसन्धान प्रतिवेदनहरू प्रकाशित छन् ।