हाम्रो समूह | प्रोफाइल

गिता न्यौपाने
वरिष्ठ सहायक
Biography

गिता न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन सङ्कायमा स्नातकोत्तर डिग्री (२०१७) हासिल गर्नुभएको छ । हाल उहाँ नीति अनुसन्धान प्रतिष्ठानको व्यवस्थापन विभागमा वरिष्ठ सहायकको पदमा कार्यरत हुनुहुन्छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय अन्तर्गत धोविखोला करिडोर सुधार आयोजना र दिव्यश्नरी जग्गा एकीकरण आयोजना गरी २ वटा आयोजनामा वरिष्ठ सहायकको पदमा रही ११ वर्ष र ५ महिनाको कार्य अनुभव हासिल गरेसँगै न्यौपानेले सरकारी प्रशासनिक कार्यहरूको प्रभावकारी कार्यान्वयनमा आन्तरिक प्रशासन, अभिलेख व्यवस्थापन र कर्मचारी प्रशासनमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ ।

उहाँ परिणाममुखी काम गर्ने आचरण भएको एक अनुशासित र लगनशील व्यक्ति हुनुहुन्छ । कार्य सम्पादनको क्रममा आइपर्ने चुनौतीलाई सामना गर्दै उहाँ समस्या समाधानका लागि नयाँ विचार र रचनात्मक दृष्टिकोण अभिव्यक्त गर्नुहुन्छ  ।