हाम्रो समूह | प्रोफाइल

कृष्ण प्रसाद बि.क.
वरिष्ठ सहायक
Biography

कृष्ण प्रसाद बि.क. अङ्ग्रेजी साहित्य विषयमा त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ । उहाँले टीकापुर बहुमुखी क्याम्पसबाट मानविकी र सामाजिक विज्ञानअन्तर्गत अङ्ग्रेजी साहित्य र समाजशास्त्र विषयमा स्नातक तह पूरा गर्नुभएको छ । सामाजिक विकास र अध्यापनमा सात वर्षको अनुभवका साथ उहाँ प्रतिष्ठानको अनुसन्धान विभागअन्तर्गत अनुसन्धानको दस्तावेजीकरण, डाटाबेस निर्माण, अद्यावधिक र व्यवस्थापन गर्ने तथा तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने काममा संलग्न हुनुहुन्छ ।