हाम्रो समूह | प्रोफाइल

अशोक पाण्डे
अनुसन्धानकर्ता
(Federal Affairs, Governance and Public Service Delivery)
Biography

अशोक पाण्डे शासकीय प्रबन्ध तथा सङ्घीय मामिला नीति केन्द्रमा अनुसन्धानकर्ताको रूपमा कार्यरत हुनुहुन्छ। त्यसअघि चार वर्षसम्म नीति अनुसन्धान प्रतिष्ठानमा सह-अनुसन्धानकर्ताको रूपमा रहँदा उहाँले नेपालमा मानसिक स्वास्थ्य नीति, स्थानीय तथा प्रादेशिक स्तरमा विधायकी कार्यसम्पादन, महामारीको पूर्व तयारी, सुशासन र नेपालमा प्रजातन्त्र संस्थागत गर्ने प्रक्रियामा केन्द्रित अनुसन्धानका काम गर्नुभएको थियो ।

पाण्डेको शैक्षिक पृष्ठभूमि जनस्वास्थ्य क्षेत्रमा रहेको छ । उहाँले राजीव गान्धी विश्वविद्यालय, बैंगलोरबाट स्नातकोत्तर, नेपालबाट स्नातक, र ट्याम्पेरे विश्वविद्यालय र चिकित्साशास्त्र अध्ययन संस्थानबाट डिप्लोमा कोर्स अध्ययन गर्नुभएको हो।उहाँले मेटा-विश्लेषण र लिभिङ सिस्टेमेटिक रिभ्यु (युनिभर्सिटी अफ कटनिया, इटाली) तथा क्लिनिकल ट्रायल र आचारसंहिता (आइसीएमआर, भारत) सम्बन्धी तालिम लिनुभएको छ।

उहाँ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् मा ६ वर्ष वरिष्ठ अनुसन्धान अधिकृतका रूपमा रहनुभएको थियो । नर्वे अनुसन्धान फेलोसिप अन्तर्गत बङ्गलादेशको चाइल्ड साइट फाउन्डेसन ग्लोबलमा कार्यरत रहँदा स्वास्थ्य अनुसन्धान आचारसंहिता बोर्ड स्थापना गर्न प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा, नेपालको क्लिनिकल ट्रायल रजिस्ट्री स्थापना गर्नमा पाण्डेको महत्वपूर्ण योगदान थियो जस अन्तर्गत नेपालमा गरिने सबै क्लिनिकल ट्रायल अनिवार्य स्वीकृति हुनु पर्ने प्रावधान राखियो । पाण्डेले केएसि अनुसन्धान फेलोसिप, युके र जलवायु परिवर्तन अनुसन्धान फेलोसिप, भारत प्राप्त गर्नुभएको छ। सन् २०२० मा उहाँलाई मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा अनुसन्धानकर्ता पुरस्कारद्वारा सम्मानित गरियो।