हाम्रो समूह | प्रोफाइल

अर्जुन थापा
प्रशिक्षार्थीBiography
अर्जुन थापाले काठमाडौँ विश्वविद्यालयबाट विकासशास्त्रमा स्नातकोत्तर तह पूरा गर्नुभएको छ । उहाँसँग दुई वर्षभन्दा बढी अन्तर्देशीय जलस्रोत र स्थानीय सरकारसम्बन्धी अनुसन्धान र तीन वर्षभन्दा बढी विभिन्न गैरसरकारी संस्थामा काम गरेको अनुभव छ । उहाँका लेखरचनाहरू राष्ट्रिय दैनिकहरूमा प्रकाशित छन् । हाल उहाँ नीति अनुसन्धान प्रतिष्ठानमा शासकीय प्रबन्ध तथा सङ्घीय मामिला नीति अध्ययन केन्द्रअन्तर्गत इन्टर्नको रूपमा कार्यरत हुनुहुन्छ ।