NOTICE | INFORMATION

इन्टर्नसिप (सूचना तथा ज्ञान व्यवस्थापन विभाग) का लागि आवेदनको आह्वान

नीति अनुसन्धान प्रतिष्ठान

नारायणहिटी काठमाण्डौ

इन्टर्नसिप (सूचना तथा ज्ञान व्यवस्थापन विभाग) का लागि आवेदनको आह्वान

२०७८ फाल्गुन १०

नीति अनुसन्धान प्रतिष्ठान नेपाल सरकारद्वारा विशेषज्ञ समूह (थिङ्क-ट्याङ्क) को रूपमा स्थापित अनुसन्धान संस्था हो । कुनै खास विषयमा राष्ट्रले अख्तियार गर्नु पर्ने दीर्घकालीन, अल्पकालीन या तत्कालीन नीति सम्बन्धी अनुसन्धान गरी त्यसमा अपनाउनु पर्ने उपायका बारेमा नेपाल सरकारलाई सुझाव दिनु र नेपाल सरकारको अनुरोधमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी कुनै खास विषयमा अपनाउनु पर्ने नीतिको मस्यौदा गरी सम्बन्धित मन्त्रालयमा पठाउने तथा सार्वजनिक नीतिहरूको समीक्षा गरी प्रभावकारी नदेखिएका नीतिहरूको सुधारका लागि या नयाँ नीति निर्माणका लागि तथ्य-प्रमाणमा आधारित सिफारिस गर्नु प्रतिष्ठानको काम हो । त्यस्तै, नीति महत्त्वका विविध विषयमा सार्वजनिक संवाद आयोजना गरी अनुसन्धानका लागि पृष्ठभूमि तयार गर्नु र अनुसन्धानबाट प्राप्त ज्ञान तथा सूचनाका आधारमा ज्ञान-सामाग्री तयार गरी प्रसार तथा वितरण गर्नु नीति प्रतिष्ठानको अर्को काम हो l

प्रतिष्ठानले अनुसन्धान विभाग, सूचना तथा ज्ञान व्यवस्थापन विभाग, प्रशासन विभाग तथा पांच वटा  क्षेत्रगत अध्ययन केन्द्रहरूमार्फत उपर्युक्त कामहरू सम्पन्न गर्दछ l यसका लागि नियमित कर्मचारीको अतिरिक्त आवश्यकता अनुसार विज्ञ-परामर्शदाता तथा इन्टर्नहरूको परिचालन गरिन्छ l

यसै सन्दर्भमा प्रतिष्ठानको सूचना तथा ज्ञान व्यवस्थापन विभागअन्तर्गत सञ्चालन भइरहेको ‘उच्चशिक्षा अनुसन्धान आचार संहिता’ सम्बन्धी अध्ययन तथा सूचना तथा ज्ञान व्यवस्थापनअन्तर्गत अन्य काममा विभागलाई सहयोग गर्न एक इन्टर्नको आवश्यकता भएकाले निम्न शैक्षिक योग्यता र अनुभव भएका इच्छुक उम्मेदवारहरूबाट इन्टर्नसीपका लागि दरखास्तको आह्वान गरिएको छ।

  • अवधि:   ६ महिना (१ महिनाको परीक्षणकाल)।
  •  कार्य समय:    पूर्णकालीन
  • पारिश्रमिक:     रू. ३०,०००।– (तीस हजार) प्रति महिना।
  • उम्मेदवारको योग्यता र सीप:

४.१ न्यूनतम योग्यता

  • समाज विज्ञान (राजनीति शास्त्र, अर्थशास्त्र, समाज शास्त्र, मानव शास्त्र, कानुन, आदि) या समाज विज्ञानसँग सम्बन्धित विषयमा स्नातकोत्तर गरिसकेका वा स्नातकोत्तर तहमा अध्ययनरत
    • नेपाली र अङ्ग्रेजी भाषामा प्रवीण
    • Word, PowerPoint, Excel को प्रयोगमा दक्षता ।

४.२ वाञ्छनीय योग्यता:

  • अनुसन्धान विधि सम्बन्धी जानकारी
    • सूचना तथा ज्ञान व्यवस्थापन सम्बन्धी अनुभव
  • दरखास्त बुझाउने तरीका: नीति अनुसन्धान प्रतिष्ठानको इन्टर्नको रूपमा तपाइँको अपेक्षा के छ र तपाईंले प्रतिष्ठानको दूर दृष्टि (vision) प्राप्तिका लागि कसरी सहयोग गर्न सक्नु हुन्छ सो खुल्ने गरी लेखिएको व्यक्तिगत निबन्ध (बढीमा २ पाना); र, शैक्षिक योग्यता, शीप र अनुभव समेटिएको वैयक्तिक विवरण (CV) प्रतिष्ठानको इमेल ‘applications@pri.gov.np’ मार्फत् पठाउने वा प्रतिष्ठानको कार्यालयमा बुझाउने।
  • दरखास्त बुझाइसक्नुपर्ने: २०७८ फाल्गुन २० गते शुक्रबार ।
  • छनोट विधि: व्यक्तिगत निबन्ध, शैक्षिक उपलब्धि र अनुसन्धान अनुभवको आधारमा प्रारम्भिक छनोट (shortlist) गरिने र त्यसपछि नेपाली र अङ्ग्रेजी भाषा तथा अफिस एप्लिकेशन्सका प्रयोग दक्षताको प्रयोगात्मक परीक्षण र अन्तर्वार्ताद्वारा अन्तिम छनोट गरिने ।
  • थप जानकारीको लागी: प्रतिष्ठानको वेबसाइट (www.pri.gov.np) वा कार्यालय समय भित्र सम्पर्क गर्न सकिन्छ l

द्रष्टव्य:

छनोट प्रक्रियालाई अवाञ्छित प्रभाव पार्ने कुनै पनि कार्य गर्ने दरखास्तवालाको दरखास्त रद्द गरिनेछ ।