NOTICE | INFORMATION

इन्टर्न छनोटको लघुसूची र सीप परीक्षण तथा अन्तर्वार्ताको मिति सम्बन्धी सूचना (२०८० मङ्सिर २१)

नीति अनुसन्धान प्रतिष्ठानले आ.व. २०८०/८१ को  इन्टर्नशिप कार्यक्रमको लागि परेका दरखास्तहरू छनोट गर्ने क्रममा पहिलो चरणको लघुसूची (short-list) आज प्रकाशन गरेको छ । लघुसूचीमा परेका उम्मेदवारहरूको सीप परीक्षण र अन्तर्वार्ता यही मङ्सिर २७, २८ र २९ गते हुने छ । 

यस सम्बन्धमा थप जानकारी चाहिएमा प्रतिष्ठानमा फोन (Tel. 01-4530517) बाट सम्पर्क गर्न वा कार्यालयमा आई बुझ्न सकिने छ ।