विज्ञहरू | प्रोफाइल

सूर्यराज आचार्य, पीएचडी
Biography

डा. सूर्यराज आचार्य National Institute of Technology (NIT) जमशेदपुर, भारतबाट सिभिल ईन्जिनीयरिंगमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातक हुनुहुन्छ भने थाइल्याण्डको Asian Institute of Technology बाट स्रोत व्यवस्थापन (इन्जिनीयरिंग) मा स्नातकोत्तर तथा जापानको टोकियो विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त हुनुहुन्छ । डा. आचार्य पूर्वाधार नीति, योजना तथा व्यवस्थापन क्षेत्रको विज्ञ हुनुहुन्छ भने हाल उहाँ ईन्जिनीयरिंग अध्ययन संस्थान पुल्चोक क्याम्पसमा अतिथि प्राध्यापकरूपमा कार्यरत हुनुहुन्छ । उहाँसँग नेपाल सरकार, UNESCAP बैंकक् र Institute for Transport Policies Studies (ITPS), टोकियोमा काम गरेको अनुभव रहेको छ । उहाँले जापानको टोकियो स्थित National Graduate Institute for Policy Studies (GRIPS) मा Adjunct प्राध्यापक र र University of Tokyo मा अतिथि प्राध्यापकको रुमपा अध्यापन पनि गर्नुभएको छ ।