विज्ञहरू | प्रोफाइल

मानबहादुर विश्वकर्मा, पीएचडी
Biography

डा. मानबहादुर विश्वकार्माले सन् २०१० मा त्रिभुवन विश्वविद्यालयबाट सामाजिक समावेशीकरण र लघुवित्त विषयमा विध्यावारिधि गर्नुभएको छ भने संयुक्त राज्य अमेरिकाको Brandeis University को Fulbright Visiting Scholar 2016/17 को रूपमा खाद्य सुरक्षामा post-doctorate अनुसन्धान गर्नु भएको छ । सन् २००४ मा उहाँले नेदरल्याण्डको International Institute of Social Studies बाट सामाजिक अध्ययनमा पोस्ट ग्र्याजुएट डिप्लोमा, सन् २००० मा अर्थशास्त्रमा स्नातकोत्तर सन् २०९१ मा सोही विश्वविद्यालयबाट वित्तीय व्यस्थापनमा स्नातकोत्तर र सन् १९९७ मा जापानबाट कृषि सहकारी विषयमा डिप्लोमा तहको अध्ययन पूरा गर्नुभएको छ । उहाँले जीटीजेड, सेभ द चिल्ड्रेन, यूनिसेफ, सीडब्ल्यूएस यूके, यूएनडीपी लगायत विभिन्न अन्तराष्ट्रिय सहयोग नियोगहरूमा लामो समयसम्म कार्य गर्नुभएको छ । नेपालको पहिलो संविधान सभाको अवधिमा यूएनडीपीले सहयोग गरेको संवैधानिक संवाद केन्द्रको नेतृत्व गर्नुभएकाले समेत उहाँमा द्वन्द्व, शान्ति र संविधान निर्माण प्रक्रिया जस्ता विषयमा विशेष अनुभव रहेको छ । सन् २०१० मा उहाँले सह-सचिवको रूपमा नेपालको निजामती सेवा प्रवेश गर्नु भएको थियो भने तत्पश्चात् श्रम विभागको महानिर्देशक, विभिन्न जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी र प्रदेश सरकारका सचिवको रूपमा सेवा गर्नुभएको छ । सन् २०२१ मा निजामती सेवाबाट अवकाश पश्चात् उहाँले त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर र एमफिल तहमा अध्यापन गर्दै आउनुभएको छ । डा. विश्वकर्माका महाविद्यालय तहका र विकास तथा लघुवित्तमा सामाजिक समावेशीकरण तथा भोकमरी उन्मूलनसँग सम्बन्धित दर्जन बढि पुस्तकहरू प्रकाशित छन् ।