विज्ञहरू | प्रोफाइल

बिन्दुनाथ लोहनी, पीएचडी
Biography

डा. बिन्दुनाथ लोहनीले ईन्जिनीयरिंगमा विद्यावारिधि गर्नुभएको छ भने उहाँ संयुक्त राज्य अमेरिकाको National Academy of Engineering को निर्वाचित सदस्य – foreign Associate हुनुहुन्छ । डा.लोहनीले Asian Development Bank को ज्ञान व्यवस्थापन र दिगो विकासका लागि उपाध्यक्ष र त्यसअघि वित्त र प्रशासन सम्बन्धि उपाध्यक्ष भई कार्य गर्नुभएको छ । हाल उहाँ संयुक्त राज्य अमेरिकाको Emerging Market Forum मा Distinguished Fellow र थाइल्याण्डको Asian Institute of Technology मा Distinguished Adjunct Faculty को रूपमा कार्यरत हुनुहुन्छ । डा. लोहनीसँग विकास वित्त, पूर्वाधार लगानी, दिगो विकास सम्बन्धी लामो अनुभव र विशिष्ट विज्ञता छ । उहाँले जापान, दक्षिण कोरिया, फिलिपिन्स, नेपाल, सिंगापुर र संयुक्त राज्य अमेरिका लगायतका देशहरूका उहाँको विज्ञतासँग सम्बन्धित विधाका विभिन्न समितिका सदस्य र सल्लाहकारको रूपमा कार्य गर्नुभएको छ ।