विज्ञहरू | प्रोफाइल

प्रा. श्रीकृष्ण श्रेष्ठ, पीएचडी
Biography

प्रा. श्रीकृष्ण श्रेष्ठ ४२ वर्ष देखि सार्वजनिक प्रशासन र सुशासन प्राध्यापन गर्दै आउनु भएको छ । उहाँले एसियाली विकास बैंक र विश्व बैंक लगायतका वहुपक्षीय निकायहरूको सहयोगमा संचालित नेपाल सरकारका सुशासन सम्बन्धी धेरै कार्यक्रमहरूमा संलग्न भई कार्य गर्नु भएको छ । उहाँले दुई दशकसम्म प्रो-पब्लिकको (सार्वजनिक हित र सुशासन सम्बन्धी कार्य गर्ने गैरसरकारी संस्था) नेतृत्व गर्नु भएको छ भने सार्वजनिक सेवा प्रवाह, सत्यनिष्ठा र सुशासन सम्बन्धि विविध अध्ययन गर्नुका साथै विभिन्न मंचहरूमा उहाँका सो सम्बन्धी लेख तथा पुस्तकहरू प्रकाशित छन् ।