विज्ञहरू | प्रोफाइल

प्रा. रन्जना गुप्ता, पिएचडी
Biography

प्रा. रन्जना गुप्ताले पटना विश्वविद्यालयबाट परजीवीशास्त्रमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ र प्राध्यापन, अनुसन्धान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूका परामर्श, व्यवस्थापन र नीति समितिहरूमा सेवा गरी ३६ वर्षको अनुभव छ । वहाँले दर्जनौँ अनुसन्धान परियोजनाको नेतृत्व गर्नुभएको छ र दुई विद्यावारिधि शोधप्रबन्ध तथा सयभन्दा बढी स्नातकोत्तर शोधप्रबन्धको सुपरिवेक्षण गर्नुभएको छ । वहाँका अनुसन्धान विधि सम्बन्धी एक पुस्तक र दर्जनौँ शोधलेखहरू प्रकाशित भएका छन् । वहाँ राष्ट्रिय शिक्षा पदक र नेपाल शिक्षा पदकजस्ता राष्ट्रिय पदकबाट विभुषित हुनुभएको छ ।