विज्ञहरू | प्रोफाइल

पूर्वरथी बालानन्द शर्मा
Biography

पूर्वरथी  बालानन्द शर्मा सन् १९६९ मा नेपाली सेना (तत्कालिन शाही नेपाली सेना) मा भर्ना भई सैन्य क्षेत्रका विभिन्न पदमा  ३९ वर्ष लामो अनुभव प्राप्त गर्नुभएको छ । सेनामा रहँदा उहाँले  लेबनानका लागि संयुक्त राष्ट्र संघीय अन्तरिम बल (यूनिफिल) का लागि  असिस्टेन्ट सिनियर मिलिटरी अफिसर, ब्रिगेडियर मेजर, सैनिक कमाण्ड तथा स्टाफ कलेजका कमान्डान्ट, सोभियत संघकालागि सैन्य सहचरी, नेपाली सेनाका तालिम निर्देशक, सम्भाररथी विभागका प्रमुख लगायतका पदमा कार्य गर्नुभएको थियो । उहाँले गोलान हाइटको संयुक्त राष्ट्र संघीय बलमा फोर्स कमान्डरको रूपमा समेत कार्य गर्नु भएको छ ।

२०७८ सालको जेठ महिनामा नेपाल सरकारले शर्मालाई कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ l