विज्ञहरू | प्रोफाइल

डिल्लीराज खनाल, पीएचडी
Biography

पूर्व विधायक तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. दिल्लीराज खनाल सन् १९८६ मा विद्यावारिधि उपाधि आर्जन पश्चात निरन्तर अनुसन्धान, अध्यापन र सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ। हाल उहाँ त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र कूटनीति विभागमा विद्यावारिधि तहमा अन्तराष्ट्रिय राजनीतिक अर्थतन्त्र अध्यापन गर्नुहुन्छ । उहाँ सन् १९९५ मा स्थापना भएको Institute for Policy Research and Development (IPRAD) को संस्थापक अध्यक्ष हुनुहुन्छ ।

डा. खनालका एकल र सयुक्त रूपमा प्रकाशित विभिन्न विषयका पुस्तकहरू, नीति सम्बन्धी लेख र प्रतिवेदनहरू प्रकाशित छन् । यूएनडीपी र राष्ट्रिय योजना आयोगले सन् २०२० मा संयुक्तरूपमा प्रकाशन गरेको नेपालको मानव विकास सम्बन्धी प्रतिवेदन – Nepal Human Development Report 2020 को प्रमुख लेखक हुनुहुन्छ । उहाँका प्रमुख प्रकाशनहरूमा सन् २०१७ मा  त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अर्थशास्त्र केन्द्रीय विभागद्वारा प्रकाशित आत्मनिर्भर विकासको राजनीतिक अर्थतन्त्रमा नेपालले गरेको अभ्यास, सन् २०१४ मा एड्रोईट प्रकाशन ( न्यु दिल्ली) ले प्रकाशन गरेको वैश्विक तथा नेपालको अर्थतन्त्रको सम्बन्धमा नीति सम्बन्धी वास्तविक विषयलाई मूलप्रवाहिकरण गर्ने विषयको पुस्तक प्रमुख हुन् । यसैगरी,   अन्य प्रमुख प्रकाशनमा सन् २०१२ मा प्रकाशित नेपालको सामाजिक संरक्षण र सुरक्षा सम्बन्धी पुस्तक, सन् २०१० मा प्रकाशित दक्षिण एसियाको एकीकृत विकासका विषय र मार्गचित्र सम्बन्धी पुस्तक, सन् २००८ मा प्रकाशित गरिबी निवारण सम्बन्धी अन्तर्गतका विदेशी आर्थिक सहयोगको प्रभावकारिता, सन् २००५ मा प्रकाशित नेपालको राजनीतिक र संस्थागत सुधार सम्बन्धी पुस्तकहरू रहेका छन् ।