विज्ञहरू | प्रोफाइल

डा. प्रकाश कुमार श्रेष्ठ
Biography

डा. श्रेष्ठ नेपाल राष्ट्र बैंक अन्तर्गतको आर्थिक अनुसन्धान विभागमा कार्यकारी निर्देशक हुनुहुन्छ । सन् १९९७ देखि उहाँले राष्ट्र बैंकको विभिन्न पदमा रही कार्य गर्दै आउनुभएको छ । उहाँले लुम्बिनी प्रदेश सरकारको अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार तथा सोही प्रदेशको प्रदेश योजना आयोगको अध्यक्ष भई कार्य गर्नुभएको छ । सन् १९९६ मा अर्थशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको उपाधि प्राप्त श्रेष्ठले अष्ट्रेलियाको कर्टिन विश्वविद्यालयबाट सन् २००४ मा अर्थशास्त्र र वित्त विषयमा स्नातकोत्तर तह तथा सन् २०१२ मा द न्यु स्कुल विश्वविद्यालय, अमेरिकाबाट विद्यावारिधि उपाधी प्राप्त गर्नुभएको छ ।