विज्ञहरू | प्रोफाइल

जनरल हिमालय थापा
Biography

जनरल हिमालय थापाले सन् २००८ मा University of Westminster बाट कुटनीतिक अध्ययनमा स्नातकोत्तर र सन् २०११ मा संयुक्त राज्य अमेरिकाको National Defense University बाट राष्ट्रिय सुरक्षा रणनीतिमा स्नातकोत्तर तह पूरा गर्नुभएको छ ।

सन् १९७८ मा तत्कालिन शाही नेपाली सेनामा भर्ना भएपश्चात जनरल थापाले संयुक्त अधिराज्यको प्रतिष्ठित Royal Military Academy, Sandhurst बाट अफिसर्स क्याडेट तालिम प्राप्त गर्नु भएको थियो । उहाँले नेपाल, पाकिस्तान, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जर्मनीबाट विभिन्न पेशागत तालिम प्राप्त गर्नु भएको छ । जनरल कमाण्ड र स्टाफ कलेज सम्बन्धी जर्मनीको  Fùhrungsakademie der Bundeswehr बाट र संयुक्त राज्य अमेरिकाको National Defense University अन्तर्गतको  National War College बाट विशेष तालिमहरू लिनुभएका जनरल थापाले संयुक्त राष्ट्र संघ अन्तर्गत रही लेवनान, युगोस्लाभिया, सियरा लियोन र नेपालको शान्ति प्रक्रिया र कार्यमा संलग्न हुनुभएको छ । सन् २००५ देखि २००८ सम्म उहाँले संयुक्त अधिराज्य र फ्रान्सका लागि सैन्य सहचरी भई काम गर्नुभएको छ ।    

हाल जनरल थापा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सल्लाहकार समिति सदस्य, स्नातकोत्तर तहको अतिथि फ्याकल्टी (अन्तराष्ट्रिय सम्बन्ध तथा कूटनीति, त्रिभुवन विश्वविद्यालय) र नपाल उद्योग परिसंघको विज्ञ समूह (थिंक ट्यांक) सदस्य हुनुहुन्छ । उहाँ विभिन्न ट्रयाक_२ कुटनीति तथा सामाजिक क्रियालापहरूमा संलग्न हुनुहुन्छ ।

आफ्नो ३८ वर्ष लामो सैनिक जीवनमा उहाँले डाइरेक्टर जनरल अफ मिलिटरी अपरेशन, भ्याली डिभिजनको कमान्डर, एड्जुट्यांट जनरल, क्वार्टर मास्टर जनरल, र मिलिटरी अस्सिसटेन्ट टु चिफ अफ आर्मी स्टाफ लगायतका पदमा रही कार्य गर्नुभएको छ । जनरल थापा जनसेवाश्री लगायत नेपाल र अन्य देशका विविध पदक तथा विभूषणबाट सम्मानित हुनुहुन्छ ।