स्थानीय तहका मेयर र अध्यक्षहरूसँग कोभिड–१९ र राहत वितरणबारे छलफल

April 17, 2020

०८ बैशाख २०७७
२०७७ साल बैशाखमा प्रतिष्ठानले कोभिड–१९ प्रभावितहरूका लागि राहत वितरणको अवस्थाबारे नगरपालिकाका मेयर र गाउँपालिका अध्यक्षसँग शृंखलाबद्ध परामर्श लिएको थियो । भीमदत्त नगरपालिका, महाकाली नगरपालिका, ललितपुर महानगरपालिका, विराटनगर महानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दिपायल सिलगढी नगरपालिका, जलजला गाउँपालिका, सिस्ने गाउँपालिका, शहीदभूमि गाउँपालिका र फुङलिङ नगरपालिकाका मेयर र अध्यक्षहरू छलफलमा सहभागी थिए । महामारीले पीडित भएका व्यक्तिको स्थिति र महामारी रोकथाम गर्न स्थानीय सरकारले गरेका प्रयासबारे छलफल भएको थियो । कोभिड–१९ को सामना गर्न अपनाइएका स्थानीय रणनीतिहरूबारेमा समेत विचार आदान–प्रदान भएको सो छलफलमा रणनीति कार्यान्वयनका लागि आवश्यक नीतिहरूको बारेमा पनि छलफल गरियो । यी कार्यक्रमहरू २०७७ सालको बैशाख ५, ६ र ८ गते सम्पन्न भएका थिए ।