सामुदायिक नेतृत्वसँग सामाजिक सद्भावबारे छलफलको आयोजना

May 27, 2020

१४ जेठ २०७७
सामाजिक सद्भाव र मिलापलाई थप सुदृढ गर्ने उद्देश्यका लागि २०७७ साल जेठ १४ गते प्रतिष्ठानका कार्य समिति सदस्य प्रा. डा. सुरेन्द्र लाभको संयोजनमा मुस्लिम समुदायका केही प्रभावशाली नेतृत्व र बुद्धिजीवीसँग छलफल चलाइएको थियो । जनकपुर, विराटनगर र रौतहटबाट क्रमशः सतार अन्सारी, अस्कर अलि र मकुसुद रान्कीको नेतृत्वमा महत्वपूर्ण छलफल भएको हो ।
कार्यक्रममा आ–आफ्ना क्षेत्रका सामाजिक र धार्मिक अवस्थाका बारेमा जानकारी गराउँदै सहभागीले रोजगारीमा ध्यान दिन, स्थानीय चाड, जात्रा र सांस्कृतिक पर्व विशेषमा प्रशासनिक सुझबुझका साथ काम गर्न, कोभिड–१९ जस्ता महामारी फैलनुमा खास एक समुदायलाई मात्रै जिम्मेवार बनाउने प्रवृत्तिलाई हतोत्साहित गर्न र मानवअधिकार एवम् सुशासनको विषय स्थानीय तहसम्म पु¥याउन आग्रह गरेका थिए ।