सहकार्यका लागि प्रतिष्ठान, नेपाल राष्ट्र बैङ्क र मन्त्रालयका वरिष्ठ अधिकारीका बीच अन्तरक्रिया

February 21, 2021

०९ फागुन २०७७
२०७७ साल फागुन ९ गते प्रतिष्ठान र अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका सहसचिवहरू, नेपाल राष्ट्र बैङ्क र सहरी विकास तथा भवननिर्माण विभागका वरिष्ठ अधिकारीहरूसँग छलफल सम्पन्न भएको छ ।
सहभागी मन्त्रालय तथा संस्थाबाट प्रतिष्ठानले गर्दैआएका वा भविष्यमा गर्नसक्ने काम र रणनीति सम्बन्धमा सुभाव लिने र सहकार्यका क्षेत्रहरू पहिचान गर्ने उद्देश्य यस छलफलको थियो । छलफल कार्यक्रम समयसान्दर्भिक तथा उपयोगी भएको र सरकारका नीतिहरूमा देखिएका असङ्गति तथा दोहोरोपन हटाउनका लागि समेत महत्वपूर्ण रहेको विचार सहभागीहरूबाट व्यक्त भएको थियो । भविष्यमा आइपर्ने नीतिसम्बन्धी साझा सरोकारका विषयहरूमा संयुक्त रूपमा काम गर्न तथा नवीनतम नीतिगत विकास र चासोका विषयमा छलफलका लागि हरेक तीन महिनामा यस्ता छलफलमा बस्न सहभागीहरू सहमत भएका थिए ।