सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउने सम्बन्धमा परियोजना सुरु

November 19, 2020

०४ मङ्सिर २०७७
नेपाल सरकारको वार्षिक नीति र कार्यक्रमलाई अझ प्रभावकारी, कार्यान्वयनयोग्य र दिगो बनाउने सम्बन्धमा अध्ययन गरी सो अध्ययनको आधारमा सरकारलाई सिफारिश गर्ने उद्देश्यले परियोजना शुरू भएको छ ।
नेपाल सरकारका पूर्व सचिव केदारबहादुर अधिकारीको नेतृत्वमा पूर्व सहसचिव राममणि दवाडी र नीति प्रतिष्ठानका सहअनुसन्धानकर्ता डा. झमकुमार विश्वकर्मा सदस्य रहेको टोलीले सो अध्ययन गरिरहेको छ ।
प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेती, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौडेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव डा. तीर्थ ढकाल रहेको विज्ञ समूहले यो अनुसन्धानमा सल्लाह र सुझाव दिइरहेको छ ।