वातावरण संरक्षण कानुनहरूको समसामयिक परिमार्जन विषयमा सार्वजनिक नीति संवाद

October 19, 2022

कार्तिक २, २०७९

नेपालको वातावरण संरक्षण कानुनमा पेरिस सम्झौतालगायत अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र कार्बन व्यापारका विश्वव्यापी अवसरबाट फाइदा लिन गर्नुपर्ने समसामयिक परिमार्जनको विषयमा एक सार्वजनिक नीति संवादको आयोजना गरियो । नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णु राज उप्रेतीको अध्यक्षता तथा सञ्चालनमा आयोजित उक्त नीति संवादमा वन तथा वातावरण मन्त्रालयलगायत अन्य मन्त्रालय र सरकारी निकायहरू, गैरसरकारी अनुसन्धान सङ्गठनहरू, निजी उद्यमीहरू, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धाता तथा स्वतन्त्र विज्ञहरू गरी करिब ५० जना आमन्त्रित अतिथिहरूको सहभागिता रहेको थियो ।
उपस्थित विज्ञहरूलाई संवादमा स्वागत गर्दै प्रतिष्ठानका कार्यकारी अध्यक्षले देहायका सवालहरूको वरिपरि रही आफ्नो राय र टिप्पणी राखिदिन आग्रह गर्नु भयो l
(क) वातावरण संरक्षणमा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता र विद्यमान नीति तथा कानुनको स्थिति
(ख) कार्बन व्यापार को वर्तमान परिदृश्य र अवसर
(ग) नेपालमा वातावरण संरक्षण र लाभांशको क्षेत्रमा विद्यमान ज्ञानको रिक्तता
(घ) वातावरण संरक्षण ऐन २०७६ र नियमावली २०७७ मा समसामयिक संशोधनको लागि सुझावहरू
संवादको सुरुमा स्वतन्त्र विज्ञ श्री अजय दीक्षितले ‘वातावरण संरक्षण कानुनहरूको समसामयिक परिमार्जन’ सम्बन्धी परिचयात्मक प्रस्तुति दिनुभएको थियो l त्यसपछि भएको सघन अन्तर्क्रियामा वन तथा वातावरण मन्त्रालयका उपसचिव श्री हरिप्रसाद शर्मा र राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिका सदस्य-सचिव डा. सिन्धु प्रसाद ढुङ्गानाले वातावरण संरक्षण कानुनहरूको निर्माण र परिमार्जनको पृष्ठभूमि र संवादमा गरिएको अपेक्षाबारे बोल्नुभएको थियो भने सहभागी विज्ञहरूले वातावरण संरक्षण कानुनले भोगिरहेका चुनौती सम्बोधन गर्न र कार्बन व्यापारको व्यापारिक पाटोमा कुनै अस्पष्टता नरहने गरी सहभागितामूलक विधिबाट ऐन, नियमावली, अनुसूची र प्राविधिक मानकको निर्माण र अद्यावधिक गर्नुपर्ने सुझावहरू दिनुभयो ।
अन्तर्क्रियामा निम्न वक्ताहरूले आ-आफ्नो धारणा राख्नु भएको थियो l

अजय दीक्षित (स्वतन्त्र विज्ञ)
बिमल राज रेग्मी (अक्स्फोर्ड पोलिसी म्यानेजमेन्ट)
डा. तीर्थराज अधिकारी (त्रिभुवन विश्वविद्यालय)
अपार पौड्याल (अक्स्फोर्ड पोलिसी म्यानेजमेन्ट)
हरिप्रसाद शर्मा (वन तथा वातावरण मन्त्रालय)
डा. सिन्धु प्रसाद ढुङ्गाना (राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति)
मन्जित ढकाल (क्लाइमेट एनालाइटिक्स साउथ एशिया)
विष्णु कुमार ठोकर (वातावरण कानून समाज)
उदय भण्डारी (संघीय संसद सचिवालय)
सनोत अधिकारी (युथ अलाइन्स फर इन्भाइरोन्मेन्ट)
पंकज पञ्जियार (डोको रिसाइक्लरस्)
कृष्ण चन्द्र न्यौपाने (जिल्ला समन्यव समिति महासंघ नेपाल)
बिजु कुमार श्रेष्ठ (राष्ट्रिय योजना आयोग)
मधुकर केसी (मातृभूमि ऊर्जा प्रा. लि.)
डा. रूद्र घिमिरे (काठमाडौं विश्वविद्यालय)
प्रा. डा. बलराम भट्ट (कृषि तथा वन विश्वविद्यालय)
डा. दीनेश भुजु (नेपाल विज्ञा तथा प्रविधि प्रतिष्ठान)
डा. भुपेश अधिकारी (अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र)