नेपालमा कोभिड – १९ को असर तथा उत्थानशील सुख (Resilient Wellbeing) सम्बन्धी अध्ययन परियोजनाका लागि हस्ताक्षर

January 15, 2021

०२ माघ २०७७
प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागबीच ‘नेपालमा कोभिड – १९ को असर तथा उत्थानशील सुख (Resilient Wellbeing)सम्बन्धी अध्ययन’ परियोजनाका लागि २०७७ साल माघ २ गते हस्ताक्षर सम्पन्न भएको छ ।
कोभिड – १९ को मनो–सामाजिक असरको अध्ययन गरी यस महामारीबाट प्रभावितहरूको उत्थानशील सुख प्रवद्र्धनको लागि नीति सुधारको सिफारिस गर्नु यस अध्ययनको प्रमुख उद्देश्य रहेको छ । यस विषयअन्तर्गत कोभिड – १९ को मनो–सामाजिक असर पहिचान, प्रभावितहरूले यससँग जुध्न अपनाएका रणनीतिहरूको अध्ययन, सरकारी स्वास्थ्य सेवाहरूमा उनीहरूको पहुँच, जनसङ्ख्याको कमजोर वर्गमा कोभिड – १९ को प्रभावको अनुपात फरक पार्न सहयोग गर्ने निर्धारक तत्वहरूको पहिचान तथा नेपालको सन्दर्भमा सुख ९धभििदभष्लन० र राम्रो जीवनको अवधारणा के हुनसक्छ भन्ने बारेमा अध्ययन गरिने छ ।
अनुसन्धान परियोजनाको लागि प्रतिष्ठान र केन्द्रीय मानवशास्त्र विभागका प्रतिनिधि रहने गरी एक सल्लाहकार समिति पनि बनाइएको छ । अनुसन्धान समूह र प्रतिष्ठानका बीचमा निरन्तर सञ्चारको लागि प्रतिष्ठानका डा. दीपक कुमार खडकाले कार्य गर्नुहुनेछ ।
प्रतिष्ठानका तर्फबाट डा. मुकुन्द राज कट्टेल तथा मानवशास्त्र विभागकातर्फबाट डा. डम्बर चेमजोङ र डा. मुक्तासिंह लामाले प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्ण ुराज उप्रेतीको रोहवरमा हस्ताक्षर गर्नुभएको छ । सो परियोजना सम्झौतामा हस्ताक्षर भएको छ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने छ ।